२०८० फाल्गुन २० गते आइतवार

माछा मार्ने क्रममा एकजनाकाे मृत्यु


शिवु खनाल, देउखुरी, पुस २१ । देउखुरीको राजपुर गाउँपालिकाको राप्ती नदिमा माछा मार्ने क्रममा गएराती एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीका ४० वर्षीय शुकदेव चौधरी रहेका छन् । शुक्रबार राप्ती नदिमा माछा मार्ने क्रममा चाैधरीकाे गए राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक चाैधरी राजपुरमा रहेको रात्री प्राथमिक विद्यालय गंगदीका कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका थिए । चौधरीको शव पाेष्टमार्टम भइरहेको छ ।

रातीको समयमा राप्ती नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर वा डुवेर मृत्यु भएको बारे पाेष्टमार्टम पछि थाहा हुने गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *