२०८२ असार १ गते सोमवार

नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा पौडेल निर्वाचित


तुलसीपुर ,पुस १९ । नेपाल राष्ट्रिय शिक्षक संगठनको लुम्बिनी प्रदेशको अध्यक्षमा भागवत पौडेल निर्वाचित भएका छन ।

बुटवलमा पुष १४ र १५ गते सम्पन्न भएको प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धर्मराज पौडेलले जानकारी दिए ।

यस अघि दाङ जिल्ला अध्यक्ष हुँदै प्रदेश सचिव रहेका पौडेल मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक हुन ।

नव निर्वाचित अध्यक्ष पौडेल यस अघि लुम्बिनी प्रदेश समितिको सचिवमा रहेर कुशलता पूर्वक एक कार्यकाल बिताएका छन् ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *