२०८२ असार ७ गते आइतवार

बालकुमारी घटना ः मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाण्डौ ,पुस १६ । बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज सोमवार मृतक परिवारका एकरएक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत उपलब्ध गराउन पहल गर्ने, दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने उल्लेख छ ।

शव सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था पनि गृह मन्त्रालयले नै गर्ने भएको छ ।

गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो ।

घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *