२०८२ असार ६ गते शनिवार

दूधरासमा बसको ठक्करबाट बालकको मृत्यु पछि तनाब

दाङ, पुस १६ । सोमबार बेलुकी तुलसीपुर– घोराही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका – १८ दूधरासमा सार्वजनिक बसले ठक्कर दिदा एक बालको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ ।
ऋाक्रोसित बिद्यार्थीले ठक्कर दिने बस र प्रहरीको गाडी सेमत फुटाएका छन् ।

यतिखेर तुलसीपुर – घोराही सडक खण्डमा सवारी साधन ठप्प छन् । सडक खण्ड बन्द गराइएको छ ।
एक स्थानीयका अनुसार बालकले दुघरासस्थित सामुदायिक बिद्यालयमा कक्षा २ मा पढ्थे । उनको घर तुलसीपुर उपमहानगरपालिका १७ बघौसी हो ।


विद्यालयबाट घर जान पैदल हिडिरहेका ती बालकलाई अगाडिको टायरले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि आक्रोसित बिद्यार्थीवले जिल्ला अदालतमा बयान र म्याद थपका लागि घोराही लगिएका थुनावाहरु लिएर फर्किदै गरेको प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरि सिसा फुटाएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटना लगतै चालक बस छोडेर भागे थिए । प्रहरीले मृतक बालकको शब बलजफती उठाएर गाडीमा राखेको भन्दै बिद्यार्थी आक्रोसित भएका थिए ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *