२०८२ असार ५ गते शुक्रवार

पुस्तक तथा स्टेशनरी ब्यबसायी समितीको २५ औं साधारणसभा सम्पन्न

तुलसीपुर,पुस १४ । पुस्तक तथा स्टेशनरी ब्यबसायी समिती जिल्ला दाङको १२ औ जिल्ला अधिबेशन तथा २५ औ साधारणसभा सम्पन्न भएको छ । “गुणस्तरीय उत्पादन मर्यादित ब्यापार ,नीति निर्माणमा पहुँच ,सागठनिक आधार ” भन्ने मुल नाराका साथ शनिबार तुलसीपुरमा उक्त कार्यक्रम भएको हो ।


समितिका अध्यक्ष शकर शर्माको अध्यक्षता तथा नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी समितिका पुर्ब अध्यक्ष नबनिधी पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस अबसरमा बोल्दै प्रमुख अतिथि पन्तले शैक्षिक र बौद्धिक जनशक्ति निर्माणमा लागिरहेको बताए ।
शैक्षिक र बौद्धिक ब्यक्ती निर्माण गर्नका लागि महासघले बिगत देखि नै धेरैलाई संमान गर्ने,अबसरहरु प्रदान गर्ने र सहयोग गर्ने काम देशब्यापी रुपमा गर्दै आएको उनको भनाइ छ ।


त्यस्तै मर्यादित व्यापार गर्ने ,ब्यबसायलाई सुरक्षित गर्ने र ब्यबसायलाई स्तरोन्नति गर्दै लैजाने लक्ष्य अनुरुप अघि बढेकाे बताए । त्यस्तै उनले राज्यले साना ब्यापारीलाई ओझेलमा पार्दै आएको बताउदै अब आम ब्यबसायीका समस्यालाई पार्टीका घोषणा पत्रमा अनिवार्य राखिनुपर्ने तर्क गरे । साथै उनले बिदेश पलायनलाई रोक्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा समितिका केन्द्रिय बरिस्ठ उपाध्यक्ष दिवाकर घिमिरेले पुस्तक तथा स्टेशनरी ब्यबसायीमा अझैपनी प्रबृतिको परिबर्तन हुन नसकेको तर्क गरे ।


त्यस्तै पुस्तक तथा स्टेशनरी ब्यबसायी समिती लुम्बिनी प्रदेश अध्यक्ष भैरब बहादुर रावतले सरकारले खुद्रा ब्यबसायीलाई अपहेलित गर्दै आएको भन्दै गुनासो गरे । “पुस्तक ब्यबसायीको कुनै ग्यारेन्टी छैन,उनले भने,”त्यसमा राज्यले पनि अपहेलित गर्दा झनै मारमा परेका छौ । “


उनले राज्यले पुस्तक तथा स्टेशनरी ब्यबसायीलाई पनि अन्य ब्यबसायी सरह प्राथमिकतामा राखेर नीति निर्माण गरिदिए पलायन हुन बाट बचाउन सकिने बिश्वास ब्यक्त गरे ।


कार्यक्रममा प्याबसन दाङका अध्यक्ष मधुसूदन केसी, एन प्याबसनका प्रबक्ता हरिप्रसाद भण्डारी,जनक शिक्षा सामाग्री केन्द्रका प्रसासन प्रमुख रबिन्द्र शर्मा ,चेम्बर अफ कमर्श तुलसीपुर काेषाध्यक्ष सन्तोष खडका,तुलसीपुर उधोग बाणिज्य सघका सह-काेषाध्यक्ष बिमल गौतम पुस्तक तथा स्टेशनरी समिति दाङका सस्थापक सचिब मधुसूदन बैध,पुस्तक तथा स्टेशनरी समिती सल्यान शाखा अध्यक्ष डम्बर केसी लगाएतले पुस्तक ब्यबसाय धरापमा परेको भन्दै राज्य यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।


समितिका बरिस्ठ उपाध्यक्ष केशव सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब प्रेम प्रकाश डिसिले गरेका थिए ।


साथै त्यस अबसरमा समितिका पुराना ब्यबसायीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *