तुलसीपुर, पुस १४ । दाङस्थित तुलसीपुर उपमहानगरपालिका – १२ टरिगाउँमा पर्ने ‘टरिगाउँ एयरपोर्ट’ बिक्रम संवत २०११ सालमा स्थापना भइ बिमान सेवा सुरु भएको थियो । तर, नियमित हुन थप केही बर्ष लागेको थियो ।
जानकारहरुका अनुसार २०१६ ÷०१७ सालदेखि दाङमा नियमित बिमान सेवा सुरु भएको हो । जति खेर यो एयरपोर्टको धावन मार्ग घाँसे मैदान छँदै लामो समय नियमित बिमान सेवा कायम थियो । २०४२ सालपछि भने यो एयरपोर्टको बिमान सेवा बन्द हुन पुगेको थियो ।
२०४२ सालपछि दाङको तुलसीपुरदेखि– काठमाडौं नाइट बसहरु खुलेको र त्यसमै यात्रुहरु भुलेपछि मानिसहरु बिमान चढ्न छोेडेको एयरपोर्टको बारेमा बिगत लामो समयदेखि चासो राख्दै आएका ब्यबसायी बिमल रिजालले बुझाई छ ।
‘बहुदलको पुनः स्थापना पछि झनै काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्का यातायात मन्त्री बनेपछि दाङका बिभिन्न ठाउँमा पुग्ने बाटाहरु बनेपछि जिल्लाको हकमा बसको युग सुरु भएको मान्नु पर्छ,’ नेपाली काँग्रेसका नेता समेत रहेका रिजालले भने ‘ त्यतिखेर काठमाडौंका साथै दाङबाट देशका बिभिन्न सहरमा बसहरु चल्न थालेपछि बिमान सेवा बन्द बन्न पुगेको मान्नु पर्छ ।’
त्यसको लगतै २०५२ साल फागुन १ गतेदेखि तत्कालिन सयम सशस्त्र युद्ध नेकपा माओबादीले थालनी गरेपछि त्यसको नकारात्मक प्रभाव दाङमा झनै परेको उनले तर्क गरे । ‘ थोरै हुने खानेलाई त शोसक सामन्ती भन्दै सताइन्थ्यो भने कोही प्लने चढेर काठमाडौं गयो भन्ने सुन्दा झनै उसका परिवारले खेप्नु पर्ने भौतिक, आर्थिक तथा मानसिक यातना अलग हुने त्रास उतिबेला ब्याप्त थियो,’ उनले भने त्यस्तै कारणहरुले टरिगाउँ एयरपोर्टमा २०४२ मा बन्द भएको प्लेन सेवा २०६० सालसम्म खुल्ने आधार बनेन भनेर मान्न सकिन्छ।’
२०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगपति उत्तमकुमार श्रेष्ठ आएपछि गौचरण बनिसकेको एयरपोर्टमा फेरि उनीहरुकै पहलमा सुचारु गर्ने प्रयास भएको तत्कालिन वाणिज्य संघका सदस्य रिजालले जानकारी दिए ।
तत्कालिन प्रत्यक्ष राजाको साही साशन कालमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष रबिभक्त श्रेष्ठलाई पर्यटन राज्य मन्त्री बनाइएको थियो ।
पर्यटन मन्त्री नियुक्त नगरिएको हुँदा उनैले पर्यटन मन्त्रालयको सबै जिम्मेवारी हेर्ने जिम्मेवारी पाएका थिए । ‘त्यतिखेर ब्यबसायीको नाता र पूर्व चिनजानका नाताले उत्तम दाइ तुलसीपुर वाणिज्य संघको अध्यक्ष हुँदा तत्कालिन पर्यटन मन्त्री रबिभक्तज्यूलाई टरिगाउँ एयरपोर्टमा ल्याएर बन्द रहेको बिमान सेवा सुचारु गराउने काम भएको हो,’ रिजालले भने ।
२०६० देखि सुरु भएको बिमान सेवा २०६६ सालसम्म नियमित भएको थियो । त्यसपछि फेरि बिमान सेवा बन्द हुन पुग्यो । फेरि २०६८ देखि ०७९ सम्म एक बर्ष बिमान सेवा नियमित भएको बिगत छ ।
त्यसपछि भने बिमानस्थलको धावनमार्ग कालो पत्रे गर्नका लागि बिमानस्थल बन्द गरिएको थियो । तत्कालिन पर्यटन मन्त्री तथा नेकपा माओबादीका नेता लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री भएको समयमा दाङको टरिगाउँ एयरपोर्ट र रुकुमको सल्ले बिमानस्थल एकै साथ कालोपत्रेको काम भएको हो ।
१० करोड बढीको टेन्डर आह्वान भएपनि निर्माण ब्यबसायी कान्छाराम लामाले साढे ८ करोडमा टेन्डर पारेका थिए । त्यतिबेला साढे सात सय मिटर लम्बाई र ३० मिटर चौडाइमा बिमानस्थलको उत्तर – दक्षिण खण्डमा कालोपत्रे गरिएको थियो । कालोपत्रेको काम सकिएपछि २०७२ साल यता बिमान सेवा नियमित जस्तो रहेको छ ।
२०७२ साल अघिसम्म यो बिमानस्थलमा सुरुवातदेखि नै नेपाल एयरलाइन्सले सेवा दिदै आएको भएपनि रिजाल अध्यक्ष बनेको समयमा निजी बिमान सेवा प्रदायक कम्पनी गोमा एयरले पनि सेवा सुरु गरेको थियो । केही बर्ष नियमित उडान पछि भने उस्ले सेवा रोक्यो । टरिगाउँ बिमानस्थलमा कोरोना कालमा फेरि सेवा अवरुद्ध बनेको थियो । २०६० सालपछि एयरपोर्ट बिस्तारको माग गर्दै उद्योग बाणिज्य संघका पदाधिकारी दर्जनौं पटक काठमाडौं पुगेका छन् । एक सय बढी ज्ञापन पत्र बिभिन्न सरकाका प्रमुख र मन्त्रीहरुलाई बुझाएको भएपनि हालसम्म त्यसको कुनै सुनुवाई भएको छैन ।
तुलसीपुर क्षेत्रका उद्योगी ब्यबसायी आग्रहमा तत्कालिन मेयर घनश्याम पाण्डेको पहल गरेपछि नेपाल एयरलाइन्सले फेरि सेवा सुरु गरेको थियो । त्यतिखेर उनीहरुकै पहलमा सीता एयरले पनि यहाँ सेवा दिएको थियो । दैनिक दुई फ्लाइटसम्म हुँदापनि यात्रुको अभाव भने कहिलै नभएको तत्कालिन सयम मेयर पाण्डेले बताउने गर्थे ।
‘मानिसहरु टिकट दिलाइदेउ भनेर हैरान पार्ने गर्छन,’ पाण्डे भन्थे ‘ यात्रुको अभाव छ भन्नु गलत प्रचार रहेछ टिकटका लागि मानिसहरुले मलाई रात दिन हैरान पार्दै आएका छन् ।’ निजी बिमानहरु सेवाको उदेश्य भन्दापनि सिजनको समयमा हिमाली तथा पहाडी क्षेत्रमा फाइदाका लागि जाने हुँदा उनीहरुले नियमित उडान नगरेको आरोप उतिबेला पाण्डे लगाउँथे ।
‘निजी बिमान संचालकहरु सेवा भावले भन्दापनि फाइदाकै लागि कुद्दा रहेछन्,’ उनले भन्थे ‘ सिजनमा हिमाली तथा दुर्गमकका पहाडी क्षेत्रमा बिदेशी पर्यटक बाट डरलको खेती गर्न उनीहरु उतै जाने प्रबृति रहेछ ।’ टरिगाउँ एयरपोर्ट बाट हाल हप्ताको तीन दिन आइतबार, मंगलबार र सोमबार बिहान आठ बजेदेखि ११ बजेसम्म प्लेनले उडान भर्दै आएको छ ।
२०७८ को अन्त्यतिर पहिलो पटक यो एयरपोर्टमा बिमानमा इन्धन भर्ने बाउजर (रिफ्यूलिङ) मेसिन आइपुगेको थियो । प्राधिकरणले उक्त उपकरण फिर्ता लैजान खोजेपछि त्यसको चर्कौ बिरोध मात्रै भएको थिएन उपमेयर श्यानी चाधरी, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसी, तुलसीपुर – १२ का वडाध्यक्ष खुसीराम चौधरी लगाएतको नेतृत्वमा एयरपोर्ट भित्रको बाउजर राखेको घरमा तालाबन्दी गरिएको थियो । त्यसपछि भने बाउजर एयरपोर्टबाट अनेत्र लैजाने प्रयास बन्द भएको हो ।
जम्मा ७५० मिटर लम्बाई र ३० मिटर मात्रै चौडाइको धावन मार्ग भएका कारण यो एयरपोर्टमा साना १९ सिटे टिव्न्टर बिमान मात्रै अवतरण गर्न सक्छन् । त्यसैले झन्डै एक सय २० किलोमिटर टाढाको बाँकेस्थित राँझा बिमानस्थल भन्दा भाडा दर निकै चर्कौ छ ।
अर्कौ तर्फ ठूला बिमान नआउँदा आरमदायी यात्रा नहुने नै भयो । त्यसैले दाङका साथै सल्यान, रोल्पा, प्यूठान लगाएतका जिल्लाका सर्वसाधारण प्लेन चढ्न नेपालगंज र भैरहवासम्म जान बाध्य छन् ।
नेपाल नागरिक उड्यन प्राधिकरण दाङका प्रमुख चेतराज भट्टका अनुसार दाङ एयरपोर्टको धावन मार्ग बिस्तार गरि १३०० मिटरसम्म पु¥याउन सकेमात्रै ४५ तथा ७० सिटसम्मका एटिआर बिमान अबतरण गर्न संभव हुने गर्छ । तर, यो बिमानस्थलमा नियमित बिमान सेवा सुरु गर्न र धावन मार्ग बिस्तारका लागि प्रयासरत बिमल रिजाल भने अब पाँच सय मिटर धावन मार्ग बिस्तार गरे एटीआर जहाज सहजै अबतरण गर्न सक्ने दाबी गर्छन ।
‘हामी संग जग्गाको अभाव छैन, स्थानीय सामुदायिक वन र कपाँस बिकास समितिको जग्गा सहजै उपलब्ध हुन सक्छ,’ रिजालले भने ‘ तर, यत्ति हो नागरिक उड्यन प्राधिकरण र राज्यको धावनमार्ग बिस्तार गर्ने इच्छा शक्ति हुनु जरुरी छ ।’
दाङ एयरपोर्ट बिस्तार र बिकासको कुरा हरेक निर्वाचनका क्रममा सबै राजनीतिक दलका उम्मेदवारले प्रमुख एजेण्डाको रुपमा प्रस्कने गर्छन । एयरपोर्टलाई भोट बैंकको रुपमा उपयोग गर्दै निर्वाचन जितेर गएकाहरुले समेत यो एयरपोर्टको बिकास र बिस्तारमा चासो नदिदा ठूलो आलोचना हुँदै आएको छ ।
‘ दाङ जत्तिकै ठूलो र समथर उपत्यकामा न चार लेन सडक बन्न सक्यो न एउटा एयरपोर्ट नै छ,’ रिजालले भने ‘ लुम्बिनी प्रदेशको राजधानी भइ सक्दापनि प्लेन सुबिधा र राम्रो सडकको सुबिधा समेत नहुनु हेप्नु हो भन्ने मेरो बुझाई छ ।’ टरिगाउँ एयरपोर्ट संग जिल्लाको संबृद्धि, भविश्य र पहिचान तथा प्रतिष्ठा जोडिएको हुँदा एयरपोर्ट बिस्तार गर्नुको अति आवश्यक रहेको तुलसीपुर बाणिज्य संघका महासचिव बिनिल केसी बताउँछन् ।
‘ हेर्नुस यत्तो सुन्दर उपत्यकामा हालसम्म एउटा मेडिकल कलेज छैन, एउटा पाँच तारे होटेल छैन र बिदेशी पर्यटक कोही आउने वातवरण अहिलेसम्म छैन,’ उनले भने ‘ एयरपोर्ट बिस्तार भइ एटीआर बिमान संधै आउन थालेमा बिहान काठमाडौंबाट सर्जनहरु आइ ठूला अपरेसन गरि बेलुका फेरि फर्कन सक्ने वातावरण निर्माण हुने छ ।’
उनका अनुसार यतिखेर सामान्ने चोट पटक, दुर्घटना वा सर्जरीको लागि पनि जिल्ला बाहिर बिरामी रिफर गरिदै आएको र त्यसो गर्दा कतिको बाटोमै मृत्यु हुने गरेको हुँदा त्यो नागरिक माथिको खेलावाड भएको हो ।
‘ बाँके , बुटवल वा काठमाडौं जान एम्बेलेन्सका चर्कौ भाडादर एकातिर अर्कौ तर्फ बिरामी तलमाथि हुन सक्ने उत्तिकै चिन्ता कायमै छ,’ केसीले भने ‘यो त लोककल्यानकारी संबिधान बनाउनेहरुले सर्वसाधारण माथि गरेको ठूलो खेलवाड हो ।’
एयरपोर्ट बिस्तार हुना साथ ब्यापार राम्रो हुने, ठूला होटेलहरु खुल्न थाल्ने उनले आशा ब्यक्त गरे ।
‘अहिले हेर्नुस दाङका प्रमुख बजार तुलसीपुर र घोराही गाँउले बजार जस्तै बनेका छन्, बिहान सबेरै खुल्नु र बेलुका झुसमुसे साँझका बन्द गरिनु,’ उनले थपे ‘ एक जना बिदेशी पर्यटक नआउने हो भने कसरी दाङको बिकास संभव हुन्छ ।’
त्यसैले एयरपोर्ट जिल्लाको बिकास र संबृद्धिका लागि कोषेढुँगा साबित हुने उनले बताए । बाँके र भैरहवामा जस्तो सहज बिमान सेवा नहुँदा राजनीतिक दलका ठूला नेता, मन्त्री, ठूला उद्योगी ब्यबसायी, राम्रा चिकित्सक, शिक्षक लगाएत मानिसहरु दाङमा आउन नमान्ने गरेको उनको तर्क थियो ।
काठमाडौंबाट नेपालगंज वा भैरहवा आउ र त्यहाँबाट फेरि गाडीमा दाङ आउनु पर्ने बाध्यात्मक अवस्था रहे पछि किन उनीहरु सहजै दाङ आउन मान्लान भन्ने उनले प्रश्न गरेका थिए । अर्का एक जना ब्यबसायीले क्षेत्रीय राजनीतिका कारण दाङ ओझेलमा पारिएको भन्दै आपत्ति जनाए । ‘नेपालगंज र भैरहवा क्षेत्रका ब्यबसायी दाङमा एयरपोर्ट बिस्तार भए आफ्नो ब्यापार चौपट हुन्छ भन्ने गलत रोचमा छन्,’ उनले भने ‘ अहिले सुर्खेतमा एटीआर बस्न थालि सक्यो, जुम्लामा त्यस्तै कुरा सुन्छौं त्यहाँ प्रभावशाली नेता भए र दाङका नेता यतिखेर प्रभावहिन भए भन्ने मेरो बुझाइ हो ।’
चाहेरपनि दंगाली नेताहरुले केहीगर्न नसकेको प्रमाण बर्र्सौंदेखि बिस्तार र बिकास हुन नसकेको टरिगाउँ एयरपोर्टलाई लिन सकिने उनले दाबी गरे । ‘ हो तुलसीपुरकै शंकर पोखरेल अहिले देशकै गनिएका नेता हुनुहुन्छ ,’ उनले अगाडि भने ‘ तर, चुनाब हारेपछि उहाँ यसक्षेत्रका मतदाता संग बदला लिनका लागि घोराहीमा असंभव रहेको अन्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउने ध्याउन्नमा लाग्दा थप समस्या भएको हो ।’
कम्युनिष्ट गठबन्धन छँदा नेकपा माओबादीका पबक्ता घोराही क्षेत्र दाङको निर्वाचन क्षेत्र बाट जितेर तत्कालिन समय सभामुख बनेका थिए भने नेकपा एमाले महासचिव शंकर पोखरेल लुम्बिनीका संस्थापक मुख्यमन्त्री बनेका थिए । त्यतिखेर उनीहरुले घोराही १० मा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउने कुरा आफ्नो चुनाबी घोषणा पत्रमा प्रमुखताका साथ प्रस्तुत गरेका थिए ।
तर, पछिल्लो समय हुँदाछँदाको टरिगाउँ एयरपोर्टलाई बिस्तार गर्न छोडेर घोराहीमा एयरपोर्ट बनाउन नहुने मत जबरजस्त बन्दै आएको छ । अघिल्लो शनिबार मात्रै तुलसीपुर र घोराहीका उद्योगी ब्यबसायीको भेलाले टरिगाउँ एयरपोर्ट निर्माण गर्नका लागि खटिने तथा परि आए आर्थिक संकलनको अभियानसमेत चलाएर राज्यलाई दबाब सृजना गर्र्ने निर्णय गरेको थियो ।
एयरपोर्टका लागि कस्ले कहिले के प्रयास गरे ?
रिजाल उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा बिगतमा बन्द अवस्थाको टरिगाउँ एयरपोर्टमा बिमान संचालन गर्न बिषेश पहल गरेका थिए । त्यतिखेर केही उद्योग वाणिज्य संघले यात्रु नहुँदा बचेका सिटको भाडा आँफै बेहोर्ने जोखिम मोलेर प्लेन चलाउने भूमिका निर्वाह गरेको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले यात्रु नभएको खण्डमा पूर्व अध्यक्ष रिजालले दुई सिट, आँफु र पूर्व अध्यक्ष विरु रावतले एक÷ एक सिटका लागि लाग्ने शुल्क दिनहुँ बेहोर्ने सर्तमा अबरुद्ध सेवा सूचारु गराएको बताए ।
‘तुलसीपुर उद्योग वाणिज्य संघ र यसअघिका मेयर घनश्याम पाण्डे हुँदासम्म टरिगाउँ एयरपोर्टको पक्षमा धेरै सकारात्मक कार्यहरु भएको मान्न सकिन्छ,’ महासचिव केसीले भने ‘ बन्द एयरपोर्टमा बिमान सेवा नियमित गराउन, पछिल्लो समय थपिएको इन्धन भर्ने बाउजर तथा रिफिलिङ सेन्टर स्थापना हुनु त्यसैको परिणाम हो ।’
हालसालै टरिगाउँ एयरपोर्टमा झन्डै एक करोड २५ लाख लागतमा नयाँ टावर निर्माण कार्य पुरा भइ सकेको छ ।
दशैं अगाडि नै टावर निर्माण कार्य पुरा भइ सकेको भएपनि पुरानो टावरबाट नयाँ टावरमा उपकरण सार्न तथा नागरिक उड्यनको केन्द्रीय कार्यालयबाट आदेश नभएको तथा त्यसको औपचारिक रुपमा हस्तान्तरण भइ उद्घाटन हुन बाँकी नै रहेको उड्नका दाङ प्रमुख भट्टले बताए ।
आँफु सिंचाई मन्त्री हुँदा काँग्रेस नेता दीपक गिरीले यो एयरपोर्टको डिटेल सर्भे गर्न लगाएका थिए । जतिखेर पर्यटन मन्त्री अर्थात गिरीका साथी जीवन साही पर्यटन मन्त्री थिए । झन्डै महिना दिन लगाइ गरिएको डिटेल सर्भे गरि सकेको केही समयमै गिरीको नौं महिने कार्यकाल सकिएपछि त्यो बिस्तारको गर्ने भनिएको अभियानपनि त्यसै सेलाएर गएको थियो ।
यो बीचमा तुलसीपुरकी उपमेयर श्यानी चौधरीको संयोजकत्वमा एयरपोर्ट बिस्तार गर्न समन्वय समिति पनि नबनेको होइन ।तर त्यो समितिले पनि कुनै भूमिका निर्वाह गर्न सकि रहेको छैन । स्थानीय निकायको एयरपोर्ट बिस्तार गर्ने क्षेत्राधिकार नै हैन । ‘ माथि पुगेका नेताहरुले एयरपोर्ट बिस्तार गर्न चासो नदिुन र क्षेत्राधिकार नै नभएकाहरुले हचुवाको तालमा एयरपोर्ट बिस्तारको कुरा गर्नु आँफैमा मजाग भइ रहेको एक जना स्थानीयले बताए ।
मुख्यमन्त्री भएपछि अर्थमन्त्री धनबहादुर मास्कीसहित एयरपोर्टमा पत्रकार सम्मेलन गरेका लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारले एयरपोर्ट बनाउने वाचा गरेका थिए । उनले सोही दिनदेखि एयरपोर्ट बनाउने क्रम सुरु भएको घोषणापनि गरेको थिए । उनको त्यो घोषणा पनि घोषणामै सामित हुने देखिएको छ । हालसम्म काम हुने कुनै संकेतहरु देखिएका छैनन् ।
जग्गा नापजाँच
टरिगाउँ एयरपोर्टको जग्गा ३८ विगाहा १० कट्ठा १२ धुर रहेको पछिल्लो नापपछि पत्ता लागेको छ । मंसिरमा एयरपोर्टको बास्तबिक जग्गा पत्ता लगाउनका लागि नापजाँच सुरु भएको थियो ।
नेपाल नागरिक उड्यन प्राधिकरण दाङका प्रमुख चेतराज भट्टका अनुसार दाङ एयरपोर्टको क्षेत्रफल लालपूर्जा अनुसार नै पाइएको बताए ।
‘हाम्रो तारबार गरिएको एरिया र हामी संग भएको लालपूर्जा एकदमै ठिक पाइएको छ,’ प्रमुख भट्टले भने ‘ जग्गा नापेर सकिएपछि त्यसको बास्तबिक रिपोर्ट हामीले जिल्ला प्रशासनलाई बुझाइ सकेका छौं।’
प्रमुख भट्टका अनुसार यसअघि पनि स्थानीय प्रशासनबाट एयरपोर्टको बास्तबिक जग्गा कति हो ? भनेर नाप जाँच गरि पठाउन पत्राचार भएको थियो । त्यसैका आधारमा नापी कार्यालय तुलसीपुरलाई पत्राचार गरिएको प्रमुख भट्टले बताए । पत्राचार पछि नापी कार्यालयका कर्मचारी चार दिन खटिएर एयरपोर्टको जग्गा नापजाँच गरि सकेको उनले जानकारी दिए ।
झाडीका कारण नाप जाँचमा समस्या भएपछि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले झाडी फाँड्न दुई दिन डोजर र बाँकी दुई दिन झाडी फाँड्ने मानिसहरुको खर्च ब्यक्ति रुपमा बेहोरेको नागरिक उड्यन दाङका प्रमुख भट्टले बताए ।
सशस्त्र द्धन्दको समयमा सुरक्षाको लागि एयरपोर्ट भित्र नेपाली सेना बसेको थियो । त्यतिखेर तारबार वरिपरी बमहरु बिच्छाएको थिए र ती जतिखेर पनि बिस्फोट हुन सक्छन, भन्ने कुरा सुनेपछि डोजर चालकले झाडी फाँड्न मेसिन चलाउन नमानेपछि मानिसहरु बोलाउनु परेको एक जनाले बताए । ‘पछिल्लो समय टरिगाउँ एयरपोर्ट बिस्तारको कुरा आइरहेको छ,’ भट्टले भने ‘ त्यही भएर पूर्जा अनुसार एयरपोर्टको जग्गा छ कि छैन भन्ने तथ्य पत्ता लगाउन फेरि नाप गरिएको हो ।’
नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधिसमेत रहेका रिजालले भने केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक गिरीको पहल र अनुरोधमा एयरपोर्टको जग्गा नाप्ने काम भएको जानकारी दिए ।
‘ माननिय दीपक गिरीको पहलमा एयरपोर्टको एकीन जग्गा पत्ता लगाउने उदेश्यले नाप्ने काम भएको हो,’ रिजालले भने ‘दीपक दाइको पहल र सिडियो सापलाई गरेको अनुरोधमा सिडियो कार्यालय मार्फत नागिरक उड्यन कार्यालयलाई पत्राचार भइ नाप्ने काम भएको हो ।’
सिडियो कार्यालय, नागरिक उड्यन,नापी कार्यालय र तुलसीपुर उद्योगवाणिज्य संघ सबैको समन्वयमा एयरपोर्टको बास्तबिक जग्गा पत्ता लगाउने उदेश्यले नाप्ने काम पुरा भएको रिजालले बताए ।
मौखिक आग्रहमा जग्गाको क्षेत्रफल नाप्ने काम गर्न नमाने पछि नापी कार्यालयमा नागरिक उड्यनबाट पत्र लेख्न लगाइएको र त्यसपछि पनि झाडी नफाँडेसम्म नाप्ने काम गर्न नसकिने भनिएपछि ब्यक्तिगत रुपमा सहयोग गरि काम भएको रिजालले जानकारी दिए ।
‘खासमा यो काम दीपक दाइले म माथि एयरपोर्टको धावन मार्ग बिस्तारका लागि लागि परेको छु एकीन जग्गा कति रहेछ नाप्नु प¥यो भनिएको हुँदा त्यो काम गरिएको हो,’ रिजालले भने ‘ पूर्जा अनुसार एयरपोर्टको जग्गा एकीन गरेपछि अब बोल्नपनि सजिलो होला भन्ने होला ।’