२०८२ असार ६ गते शनिवार

स्वास्थ्य समस्या निराकरणका लागि सरकार लागेको छ ः स्वास्थ्यमन्त्री खनाल


तुलसीपुर, पुस १४ । स्वास्थ्य मन्त्री राजु खनालले जनताका स्वास्थ्य संग जोडिएका विभिन्न समस्याहरुलाई रहेको भन्दै प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय त्यसको निराकरणका लागि लाग्ने बताएका छन् ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सम्वन्धी छलफल कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खनालले लुम्विनी प्रदेशमा रहेको अन्धोपन न्यूनिकरणका लागि सहकार्य गर्ने बताएका हुन ।

मन्त्री खनालले पछिल्लो समय लुम्बिनी प्रदेशमा अन्धोपनको समस्या बढ्दो रुपमा देखिएको भन्दै जनचेतनाको कमी, गरिबीको कारण आँखामा समस्याभई जलविन्दु तथा मोतियाबिन्दुको कारण प्रत्येक वर्ष आँखाको अन्धोपनको समस्या बढ्दो रुपमा रहेको तथ्याङ्कले देखाएको भन्दै अस्पताल संग मिलेर यसलाई न्यूनिकरण गर्ने बताए ।

‘हिजोको तुलनामा आज आँखा स्वास्थ्य सेवाको पहुँच बढेको छ, यसको क्षेत्र विस्तार गरे अझै गाउँगाउँ सम्म आँखा स्वास्थ्य सेवा पु¥याउन आवश्यक छ –मन्त्री खनालले भने ।’ उनले अस्पताल सम्म पुहँच नपगेका लाई पु¥याउन र कम्जोर अवस्थाका कारण उपचार नपाएकालाई उपचार सेवा दिन सरकारले सहकार्य गर्ने बताए ।

‘तपाईहरु जस्ता परोपकारी सामाजिक संघ संस्थाहरुको संगको हातेमालोलेमात्र प्रभावकारी सेवा दिन सकिन्छ हामीले गर्न सक्ने सवै किसीमका सहयोग हुने छन् –उनले भने ।’ उनले प्रदेश सरकारले यस पटक विभिन्न कारणले लुम्विनी प्रदेशमा आँखाको ज्योति गुमाएकाहरुलाई निःशुल्क आँखाको नानी (कर्निया ट्रासप्लानटेशन) प्रत्यारोपण गर्न कार्यक्रम ल्याएको भन्दै त्यो कार्यक्रमको सुरुवात गर्ने तयारी गरेको बताए ।

आर्थिक बर्ष २०८०÷८१ मा बजेट तथा कार्यक्रम ल्याएको सरकारले निःशुल्क आँखाको नानी (कर्निया ट्रासप्लानटेशन) प्रत्यारोपणका लागि बजेट संगै लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आँखाको नानी निःशुल्क प्रत्यारोपण सम्वन्धी कार्यविधि २०८० निर्माण समेत गरेको छ ।

प्रदेशका स्थानीय बासिन्दाको आँखाको नानी (कर्निया)मा चोटपटक लागि वा संक्रमणा भई दृष्टि गुमाउने अवस्था भएका र आँखाको नानी प्रत्यारोपण गरी पुनःस्र्थापना गर्न आवश्यक भएका विरामीको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गर्न लुम्विनी प्रदेश सरकार, मन्त्रीपरिषद्ले कार्यविधि बनाएको जनाएको उनले बताए ।

त्यस्तै मन्त्री खनालले अहिले प्राप्त बजेट नभएको भन्दै लमही आँखा अस्पतालमा सुरु भएको नाक, कान घाटीको सेवाको विकासका लागि आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘तपाईका भावि कार्यक्रमहरु पनि मैले जानकारी पाए लमहीमा नाक कान घाटी अस्पतालको विकास गर्न आवश्यक बजेटको व्यवस्था हुने छ –मन्त्री खनालले भने ।

त्यस्तै उनले नेपाल नेत्रज्योती संघको व्यवस्थापनमा सन्चालित राप्ती आंखा अस्पताल रक्षाचौर, लमही आंखा अस्पताल र छन्दकालेवावु नारायणि आंखा अस्पताल बहादुरगन्जले एक पछि अर्को नयां उपचार प्रविधि पछ्याउदै आएको भन्दै त्यसको विकासका लागि सहयोग गर्ने बताए ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरतबहादुर चन्दले नेपाल नेत्रज्योति संघले देशभर आँखा अस्पतालहरु सञ्चालन गरेर विभिन्न तहका सरकार संगको समन्वय र सहयोगमा आँखा स्वास्थ्य सेवा दिएको बताए ।

उनले नेपालमा मात्र नभई यहाँको आँखा स्वास्थ्य सेवा विश्वमा दोस्रो स्थानमा आउने गरेको भन्दै छिमेकी राष्ट्र भारत देखि अव विभिन्न अन्य देशहरुमा आफुहरुले आँखा स्वास्थ्य सेवा पु¥याउने अभियान थालेको बताए । उनले विभिन्न देशहरुमा आँखा शिविरहरु गरेर सेवा दिने तयारी गरेको समेत बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, दाङका सभापति, केन्द्रिय सदस्य एवम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले नेपालमाा अन्धोपन न्यूनिकरण गर्नका लागि सरकारले सुम्पीएको अभिभारा पुरा गर्न तर्फ आफहुरु लागेको बताए ।

उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारले आफनो कामको विश्वास गरेर दातृनिकायहरुको सहयोगबाट आँखा स्वास्थ्य सेवा दिइरहेको बताए । ‘लुम्विनी प्रदेशमा अन्धोपनको धेरैछ यसलाई न्यूनिकरण गर्न हामीहरु सकारकार संग मिलेर अगाडी बढी रहेका छौं , यसमा साथ सहयोग सवैको आवश्यक छ – गिरीले भने ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता तथा स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालित राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको क्रियाकलापहरु तथा भावी योजनाको बिस्तृत विवरण आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा अकुलोप्लाष्टीक सर्जन डा. सुरेश रसालीले अस्पतालले दिदै आएका विशिष्टकृत सेवाको बारेमा जानकारी गराएका थिए ।

संघका उपभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सचिव,उपसचिव निर्देशक उपनिर्देशक, प्रशासन प्रमुख अधिकृत प्रमुख तथा कर्मचारीको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *