तुलसीपुर, पुस १३ । तुलसीपुरमा रहेको एक कष्मेटिक पसलमा आगलागी भएको छ ।
तुलसीपुरको ‘घ’ लाइनस्थित श्रीधर ज्ञवालीको तीन तले घरको दोस्रो तलाको एक कोठामा राखिएको कष्मेटिकको गोदाममा आगलागी भएको हो । उक्त गोदाम राम्जान बकस मियाँको हो ।
बिद्युत सर्ट भइ लागेको आगलागी बाट एक लाख दश हजार बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता सूचना अधिकारी नबचन्द्र मल्लले जानकारी दिए ।
दिउँसो ३ बजेतिर लागेको आगो केही समय पछि स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको मल्लले बताए ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
