२०८२ असार ५ गते शुक्रवार

मन्त्रीको गाडी आगजनी प्रकरण – एक जनाको मृत्यु

काठमाडौं, पुस १३ । मन्त्रीको गाडीमा आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ ।


मृतक २३ वर्षीय सुजन राउत रहेको प्रहरीले जानकारी दिएको छ । राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई इमाडोलस्थित किष्ट अस्पतालमा लगिएको थियो । अस्पताल प्रशासनले भने ल्याउनु पूर्व नै उनको मृत्यु भएको जानकारी दिएको छ ।


प्रहरीले चलाएको गोलीबाट उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएपनि त्यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ ।
शुक्रबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनीपछि ललितपुरको ग्वार्कौ क्षेत्र तनाबग्रस्त बनेको थियो ।
त्यहाँ इपिएस परीक्षार्थी र प्रहरीबीच झडपहरु भएका थिए ।

शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि बिद्यार्थीले प्रदर्शन सुरु गरेका थिए । खासमा जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन सुरु गरेका थिए ।

त्यही प्रर्दशनका क्रममा सोही बाटो भएर गुडिरहेका मन्त्री ज्वालालार्य गाडीबाट झारेर उनीहरुले आगजनी गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *