तुलसीपुर, पुस १३ । तुलसीपुरमा घरको छतबाट खसेर एक जना युवकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ५ शारदा टोलस्थित आफ्नै दुई तले घरबाट खसेका ३५ बर्षीय टंकबहादुर वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
बिहीबार बेलुका आठ बजेर २० मिनेट तिर घरको छतबाट खसेका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । त्यहाँ उपचार असंभव भएपछि चिकित्सकले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजका लागि रेफर गरि दिएका थिए ।
त्यता लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । त्यसपछि फर्काएर पुनः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । अस्पतालमा शुक्रबार बिहान २ बजे पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
छतबाट खसेका वलीको टाउको लगाएत शरिरको भित्री अंगहरुमा गम्भीर चोट पटक लागेको हुँदा मृत्यु भएको थियो । प्रहरीका अनुसार मानसिक रोगी वलीले एकाएक छतबाट हाम फालेको हुन सक्ने आशंका भइ रहेको छ ।
त्यस्तै मानसिक रोगी वलीलाई घर परिवारले सम्बन्धित अस्पताल पु¥याएर औषधी उपचार गर्नुको सट्टा धामी झाँर्की कहाँ लगेर झारफुक मात्रै गराउँदै आएका थिए । प्रहरी निरीक्षक मल्लले अनुसन्धानबाट सोही कुरा खुलेको बताए ।
वलीको शब पोष्टमार्टको लागि अस्पतालमै राखिएको छ ।