२०८२ असार ६ गते शनिवार

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ जारी

काठमाडौँ ,पुस १३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।

बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।

आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *