२०८३ कार्तिक २३ गते आइतवार

कान्छी आमासंगै छोरा झुण्डिएको अवस्थामा फेला

दाङ, पुस ९ । प्यूठानमा कान्छी आमा र छोरा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्लाको झिमरुक गाउँपालिका –३ स्थित पिपलारुख गाउँका ३४ कान्छी आमा बिष्णा खड्का र जेठी पट्टीका २१ वर्षीय छोरा विशाल खड्का एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर थापाले बिष्णाका श्रीमान रोजगारीको सिलशिलामा भारतमो रहेको खुलेको बताए ।

‘कान्छी आमा र जेठी पट्टीका छोरा काफलको एउटै बोटमा बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन,’ डिएसपी थापाले भने ‘ शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ ।’

घरमा बिष्णाका अरु छोरा छोरी पनि रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *