२०८२ असार ७ गते आइतवार

घाइते गणेश बस्नेतको उपचारका क्रममा मृत्यु

तुलसीपुर, पुस ९ । मोटरसाइकल दुर्घटनाका एक जना ब्यक्तिको उपचारका क्रममा ६ दिन पछि मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ११ कटाँहाका ६० बर्षीय गणेश बस्नेतको उपचारका क्रममा छिमेकी देश भारतको लखनउमा आइबार बेलुकी मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

बस्नेतको शब भारतबाट तुलसीपुर ल्याइ पोष्ट मार्टमको लागि राखिएको छ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सोमबार बिहान पोष्टमार्टम गर्ने तयारी अस्पताल प्रशासनले गरेको छ ।
पुस २ गते दिउँसो पौने २ बजेतिर बस्नेतले चलाएको रा ५ प २९५६ मोटरसाइकल तुलसीपुर – १० गौरीगाउँको मोडमा दुर्घटनामा परेको थियो ।
तुलसीपुर–कटाँहा सडक खण्ड अन्तरगत तुलसीपुर बजारदेखि कटाँहास्थित गाउँ जाने क्रममा बस्नेत दुर्घटनामा परेका थिए ।

बस्नेत मोटरसाइकलमा एक्लै सवार थिए । उच्च रक्तचापका बिरामी उनलाई एकाएक प्रेसरले हानेपछि दुर्घटनामा परेका थिए ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *