२०८२ असार १ गते सोमवार

नारायणपुरमा टिप्परको ठक्करबाट दुई किशोरको मृत्यु

तुलसीपुर, मंसिर ३० । दाङको नारायणपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा दुई किशोरको मृत्यु भएको छ ।

प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ बर्षीय बिशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा थियो ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट – तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा शुक्रबार राति दश बजेर २० मिनेट जाँदा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले मृतक दुई किशोर नाताले मामा भान्जा रहेको जानकारी दिए । प्रहरीका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको मोटरसाइकल मामा जिसीले चलाएको थिए ।


मोटरसाइकल चालकको साथबाट सवारी चालक लाइसेन्स फेला नपरेको प्रहरीले बताएको छ ।

दुबै घाइतेलाई उद्धार गरि प्रहरीले आफ्नै गाडीमा अस्पताल पु¥याएको थियो । अस्पताल पु¥याएको केही बेरमै पौने ११ बजेतिर चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए ।

टिप्पर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ९ का २६ बर्षीय इश्वर बुढा प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *