२०८३ असार २८ गते आइतवार

बिजौरीका विभिन्न स्थानमा जेब्रा क्रसिङ

बिजौरी,मंसिर २९ । मिरर युथ क्लव बिजौरीले विभिन्न ४ स्थानमा जेब्रा क्रसिङ वनाएको छ ।

शुक्रवार ट्राफिक प्रहरीको प्राविधिक सहयोगमा बिजौरीमा अति व्यस्त र बाटो काट्न समस्या भएका स्थानहरुमा जेब्रा क्रसिङ वनाइएको छ ।


यात्रुहरुको सहजता र बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्ने मुख्य उद्देश्यले जेब्रा क्रसिङ वनाइएको क्लवका अध्यक्ष माधव रावतले जानकारी दिए । उनले यात्रुहरुलाई जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउने पनि बताए ।


त्यस अवसरमा बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खडका, महासचिव दीपक बस्नेत,पुर्ब अध्यक्ष मुकेश वलि,निर्वतमान महासचिव बिदुर गौतम लगाएतले युवाहरुको यो सक्रियताले समाजमा सकारात्मक सन्देश दिने बताए ।

उनीहरुले युबाहरु सामाजिक क्षेत्रमा अग्रसर हुने हो भने समाज परिबर्तन सम्भव पनि हुने बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *