२०७७ कार्तिक १४ गते शुक्रवार

दंगीशरणका सातवटै वडाको लगत संकलन


दिप्तीशीखा चौधरी
दंगीशरण, जेठ १ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दंगीशरण गाउँपालिकाको बेरोजगारहरुको लगत संकलनको काम सकिएको छ । जसमा दंगीशरणको सातवटै वडाबाट जम्मा ३ हजार ८ सय ६२ जनाले बेरोजगार फाराम भरेका छन् । स्थानीय तहमार्फत बेरोजगारहरुको लगत संकलन गर्ने उद्देश्यले दंगीशरणको ७ वटा वडाबाट आवेदन संकलन गरिएको थियो ।

दंगीशरण गाउँपालिकाको वडा नं. १ बाट ३ सय ८ जना, वडा नं. २ बाट ३ सय ६५ जना, वडा नं. ३ बाट ६ सय ३०, वडा नं. ४ बाट ५ सय २५ जना, वडा नं. ५ बाट ६ सय ३२, वडा नं. ६ बाट ९ सय ४० जना, र वडा नं. ७ बाट ४ सय ६२ जना गरी जम्मा ३ हजार ८ सय ६२ जनाले फाराम भरेका दंगीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बेराजगार सूचि दर्ता गर्नका लागि दोस्रो पटक थपिएको म्याद मंगलबार सकिएको छ । दंगीशरण गाउँपालिकाका रोजगार संयोजक गिरीका अनुसार २०७६ बैशाख अन्तिम दिनसम्म बेरोजगारको आवेदन संकलनको कार्य गरिएको थियो । फाराम भर्नका लागि नागरिकताको प्रतिलिपि, तालिम तथा कार्य अनुभवको प्रतिलिपि आवेदनमा बुझाएर बेरोजगार फाराम भर्न सकिने ब्यवस्था थियो । काम र रोजगारलाई प्राथमिकता दिदैँ सरकारले बेराजगारलाई स्वरोजगार बनाउन यो कार्यक्रम शुरु गरेको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *