२०७७ कार्तिक ४ गते मङ्गलवार

भियतनामी प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको सम्मानमा रात्रिभोज


भियतनाम, बैशाख २९ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भएका छन ।

प्रधानमन्त्री ओली यही वैशाख २६ गतेदेखि भियतनामको चारदिने औपचारिक भ्रमणमा छन ।

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित रहेको छ । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि रात्रिभोजमा सहभागिता थियो । रासस

 

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *