२०७७ कार्तिक ५ गते बुधवार

शैक्षिक वेथिति अन्त्य गरे मात्रै मृलक संवृद्ध बन्छ : गगन थापा


तुलसीपुर, वैशाख २८ । नेपाली काँग्रेसका नेता गगन थापाले शिक्षा क्षेत्रमा व्याप्त वेथिति नेताहरुको सामुहिक असफलता भएको वताएका छन् । नेताहरुले शिक्षालाई प्राथमिकतामा राखेर काम नगरेका कारण सामुदायिक शिक्षा धरासायी अवस्थामा पुगेको उनको कथन थियो । प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले शैक्षिक वेथिति अन्त्य नगर्दासम्म मुलुक समृद्ध हुन नसक्ने कुरामा जोड दिएका थिए । समृद्धि र समाज अवसरका लागि अहिलेको शैक्षिक अवस्थामा सुधार ल्याउनुको विकल्प नरहेको उनको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको वर्तमान शिक्षाको अवस्था र यसको परिवर्तन विषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै थापाले सरकराले स्थानीय तहको अधिकार खोस्दै लगेको प्रति आपत्ति जनाए । ‘स्थानीय तह सरकारका रुपमा रुपान्तरित भएको छ । शिक्षा जस्तो संवेदनशिल कुराको वारेमा आफैले कानुन वनाउन पाउनुपर्दछ ।’ उनको भने । स्थानीय तहले स्थानीय आवश्यकता अनुसार कानुन निर्माण गरेर काम गर्न पाउनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा शिक्षाविद् केदार शर्माले शिक्षकहरु राजनीतिमा लिप्त भएका कारण शिक्षाको अवस्था विग्रदै गएको वताए । शिक्षा जस्तो सेवापूर्ण कुरामा राजनीति भएको प्रति उनको गुनासो थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *