२०८१ माघ ३० गते बुधवार

जिप दुर्घटनामा परि छ जनाको मृत्यु, एक जना घाइते


दाङ, कात्तिक २६ । पूर्वी नवलपरासीमा जिप दुर्घटनामा परि छ जनाको मृत्यु भएको छ ।

बोलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप आइतबार बिहान साढे ११ बजे देवचुली नगरपालिका – ९ स्थित एस मोडमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
तीन जना महिला र तीन जना पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एक जना गम्भीर घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार जारी रहेको प्रहरीले बताएको छ । जिपमा कुल सात जना सवार रहेको प्रहरीले बताएको छ ।

तीव्र गतिको जीप चालकले मोडमा घुमाउन नसकेर घरमा ठोक्किएको थियो ।

यो खबर तयार पर्दासम्म मृतकको पहिचान खुलि नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *