२०८१ फाल्गुन ७ गते बुधवार

घोराहीको न्यायिक समितिद्वारा ३९ प्रतिशत न्याय सम्पादन

घोराही,कात्तिक २२ । दाङको घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३९ प्रतिशत न्याय सम्पादन गरेको छ ।

उपमहानगरमा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म परेको कुल ७४ उजुरीमध्ये २९ वटा विवाद मिलापत्र गर्न सफल भएको न्यायिक समितिले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १ बमोजिम उजुरी परेका १५ वटा, दफा २ बमोजिम उजुरी परेका १२ वटा र अन्य उजुरीअन्तर्गत १४ वटा र आर्थिक वर्ष ०७९र८० बाट जिम्मेवारी सरेर आएको ३३ वटा विवाद गरी कुल ७४ वटा उजुरी परेका थिए ।

विवादका दुवै पक्षलाई जित-जितको वातावरण बनाउँदै मुद्दाको छिनोफानो गर्न सफल भएको र मिलापत्र हुन बाँकी ४५ वटा मुद्दा सुनुवाई प्रक्रियामा रहेको न्यायिक समिति संयोजक एवं उपप्रमुख हुमा डीसीले जनाइन् ।

न्यायिक समितिले सम्पादन गर्दै आएका काममा वडाध्यक्ष, टोल विकास संस्था, सरोकार निकायको भूमिका प्रभावकारी भएकाले न्यायिक समितिको न्याय सम्पादन केही सजिलो भएको र विगतका वर्षको तुलनामा उजुरीहरु पनि कम आउने गरेको समितिको भनाइ छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *