तुलसीपुर, कात्तिक २२ । तुलसीपुर स्थित अरनीको मैदानको सरसफाई गरिएको छ ।
हिरा डाँगी फाउन्डेसनले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरि तुलसीपुरको सल्यान रोडमा रहेको अरनीको मैदान परिसरको सरसफाई गरेको हो ।
अरनीको मैदानमा विभिन्न संघसंस्थाहरुले कार्यक्रम गर्दै आएपनि सरसफाईमा भने कसैले ध्यान नदिएको हुदाँ फाउन्डेशनले खेल मैदानको सरसफाई गरेको दाङ जिल्ला फुटबल संघका पुर्व प्रशिक्षक प्रेस गिरीले जानकारी दिए ।
जसले कार्यक्रमको आयोजना गर्छ त्यसले नै फोहोर व्यवस्थापन गरिदिए पछि खेल खेल्ने खेलाडीहरुलाई सहज हुने उनले बताए ।
कार्यक्रम सकिएपपछि यत्रतत्र फोहोर हुने गरेको भन्दै यसमा कसैले पनि चासो नदेखाएको बताउँदै उनले फोहोर व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने बताए ।
अरनीको मैदानमा जथाभावी छरिएर रहेको फोहोरलाई हिरा डाँगी फाउन्डेसनमा आवद्ध प्रशिक्षार्थीहरुको सहभागितामा सरसफाई गरिएको उनले बताए ।