२०८१ मङ्सिर २७ गते बिहिवार

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख सहयोग

काठमाडौँ,कात्तिक २१ । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

जाजरकोट भूकम्पपछि पार्टीले निर्णय गरेअनुसार आज सभापति शेरबहादुर देउवाले ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाली कांग्रेसले नगद सहयोग गरेको हो ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *