दाङ, २० कार्तिक । गत शुक्रबार राती जाजरकाेट केन्द्रविन्दु भएर गएकाे शक्तिशाली भूकम्पका कारण प्रभावित भएकाका लागि नारायणपुर उद्याेग वाणिज्य संघले राहत सङ्कलन गर्ने भएकाे छ ।
संघकाे आज साेमबार बसेकाे आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत सङ्कलन गर्ने निर्णय गरेकाे हाे ।
संघका अध्यक्ष अभियान बस्नेत काे अध्यक्षतामा बसेकाे बैठकले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिम ठुलो मात्रामा जनधनको क्षति भएकाेप्रति दुःख व्यक्त पनि गरेकाे छ ।
साथै राहत सङ्कलन कार्यमा सहभागी भई राहत सङ्कलन कार्यमा सहयाेग पुर्याउन सबैलाई अपील पनि गरेकाे छ ।
प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार