दाङ, कात्तिक २० । शुक्रबार मध्य रातिको भूकम्पबाट घाइते मध्य ४३ जनाको बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार भइ रहेको छ ।
सोमबार बिहानसम्म भेरीमा २३ महिला र २० पुरुषको उपचार भइ रहेको हो । ती मध्य ५ बर्ष मुनिका ६ जना, ५ देखि १५ बर्ष सम्मका ५ जना, १५ देखि १८ बर्षका ५ जना, १८ देखि ६० बर्षका २२ जना, ६० बर्ष माथिका ५ जना घाइतेको भेरी अस्पतालमा उपचार भइ रहेको छ ।
हाल सुधाररत घाइतेको संख्या दुई र सामान्ने सुधारउन्मुख घाइतेको संख्या ३९ रहेको छ । बितेको १२ घन्टा भित्र चार जना घाइते भेरी अस्पतालमा थपिए भने एक जना उपचार पछि घर फर्किएका छन् ।
भेरी अस्पतालमा उपचाररत मध्य एक जना पेट भित्र बच्चा मरेको आमाकोपनि सफल सल्यक्रिया गरिएको छ । हालसम्म सात घाइतेको अपरेसन गरिएको र ती मध्य ६ जनाको अवस्था अझैं गम्भीर रहेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।
जिल्ला आपतकालिन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हेमोफेलियाको घाइतेको पनि अप्रेसन गरिएको छ । घाइते मध्य एक जनाको आइसियुमा भर्ना गरि एक जनाको उपचार जारी रहेको उनले बताए ।