
फाइल तस्बिर
दाङ, वैशाख २६ । सडक खण्ड अतिक्रमन गरि निर्मित घर टहरा हप्ता दिन भित्रमा हटाउन स्थानीय सरकाले ताकेता गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरको बसपार्क जाने वरालोको पिपल वोट आसपासमा सडक अतिक्रमण गरि निर्मित घर तथा टहरा हप्ता दिन भित्रै हटाउन सार्वजनिक सूचना मार्फत ताकेता गरेको हो । भनेको समय सीमा भित्र घर टहरा हटाउन उर्दी जारी गर्दै स्थानीय सरकारले अन्यथा त्यसमा आँफै डोजर चलाउने चेतावनी दिएको छ ।
उपमहानगरपालिकाले संगिता रावल, तेजबहादुर विक, भुपेन्द्र केसी,धनबहादुर बुढाथोकी, विशाल किराना पसल, बलबहादुर डँगी, शैलेन्द्र वली, अर्जुन नेपाली, दयाराम विकको निर्माणाधिन घरको केही खण्ड, शंकर विष्ट, बेदप्रसाद वली, अदिलअली सिद्दिकी, कु्मार वली, डम्वर विक, पवित्रा डाँगी, कर्णबहादुर डाँगी र कमल बस्नेतलाई सडक अण्ड अतिक्रमण गरि निर्मित आ–आफ्ना घर टहरा हटाउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । तुलसीपुर नगरले आँफुले भनेको मितिमा घर टहरा नहटाए वा अटेरी गरेको खण्डमा उपमहानगरपालिकाले नै डोजर चलाएर ती संरचना भत्काउने चेतावनी दिएको छ । उस्ले ती संरचना भत्काउँदा लाग्ने खर्च समेत सम्वन्धित व्यक्तिहरु वाटै असुल गरिने उल्लेख गरेको छ ।
यसअघि २०७५ माघ १३ गते बसेको कार्यपालिकाको बैठकले सडकको आसपासका १५÷१५ मिटरको दुरि भित्र निर्मित संरचना हटाउने निर्णय गरेको थियो । स्थानीय सरकाले पटक÷पटक ती सडक अतिक्रमण गरि निर्मित संरचना हटाउन गरेको आग्रह सम्वन्धित घर धनिहरुले भने व्यवास्ता गर्दै आएका छन् ।
Adi sarbajanik jagga ko parayog gariako xa vane dojar lagauda hunxa tara jagga dhani le poisa halerw kineko ghar jagga vatkauuda ta feri piditt le ultai vatkaulan ni bichar garnu kp sarkarr????