दाङ, कार्तिक १३ । दाङ जिल्ला उद्योग वाणिज्य संघले मानव सेवा आश्रमको मेची–महाकाली यात्राको टोलीलाई स्वागत गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले समाज सुधारमा मानव सेवा आश्रमले महत्व पुर्ण काम गरेको बताए । मानव सेवा आश्रमको कारण अहिले सडकमा वेवारीसे नागरिक भेटीन छाडेको बताए । यस कार्यमा सबैले सहयोग गर्नु पर्ने उनको भनाइ रहेको थियो ।
यसका अभियानताहरु सबै स्वार्थ त्यागेर सामाजिक कार्यमा लागेको उनको भनाइ रहेको थियो । प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले सामाजिक सेवा गर्ने उदेश्यका साथ मानव सेवा आश्रम अगाडि वढेको बताए ।
‘कुनैपनि दातृ निकायको सहयोग नलिएर नै आश्रमले सहयोग गदै आएको उनको भनाइ रहेको छ । ‘यस प्रकारको अभियान सबैको साझा अभियान भएकाले सबै जोडिएर अगाडि बढन आवश्यक छ,’प्रजिअ सुवेदीले भने ।’
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले सामाजिक कार्यमा दाङ जिल्ला उद्योग वाणिज्य संघ सहकार्य गरेर अगाडि बढने बताए । ‘सामाजिक कार्यमा उद्योग वाणिज्य संघ तयार रहेको छ,’उनले भने ।’
आश्रमका अध्यक्ष रामजी अधिकारीले २०८२ को अन्तय सम्म नेपालमा सडकमा आश्रीत मानव मुक्त वनाउने योजना रहेको बताए । यसका लागि सबै क्षेत्रको आवश्यक रहेको उनले बताए । अहिले देशका विभिन्न स्थानमा गरेर करिव १७ सय लाइ सेवा गरि रहेको उनको भनाइ रहेको छ ।
अभियानकै क्रममा हाल सम्म १ सय ३० जनालाइ उद्धार गरिएको समेत अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमील्सीना लगाएतकाले भनाइ राखेका थिए ।
संघका उद्योग उपाध्यक्ष धुवराज गहतराजको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहितको टोलीले मेची–महाकाली यात्रा गरि रहेको छ ।