२०७७ कार्तिक १३ गते बिहिवार

प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने घोषणा


बैशाख २६। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने मूल नाराको साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष – २०७६’ मनाउने भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउ लागेको हो ।

भ्रमण वर्ष आगामि जेष्ठ ४ गते लुम्बिनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कार्यक्रम अनुसार, सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्बिनी भ्रमण वर्षको निम्तो दिनेछ । लुम्बिनी फुड फेष्टिबल,धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन तथा शिविरहरु पनि सञ्चालन हुनेछन ।

आन्तरिक पर्यटन प्रबर्द्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको साथै ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि प्रदेश ५ को लुम्विनी भ्रमण वर्षले पनि सहयोग पुर्‍याउने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *