सल्यान ,कात्तिक १० । मदिरा सेवन गरी कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सल्यानमा दुई युवालाई पक्राउ गरेको छ ।
जिल्लाको बाग्चौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
मरणासन्न हुनेगरी कुटपिट गरी फरार रहेका केशर ओलीलाई बाग्चौर नगरपालिका ९ मौरीघारे परिलेक र सन्तोष ओलीलाई दाङको तुलसीपुर उपमहानगरपालिका १२ रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।
प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार