२०८१ मङ्सिर २७ गते बिहिवार

जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण


दाङ, असोज ३०। घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थीत ज्येष्ठ नागरिक सरोकार केन्द्रद्व्रारा सञ्चालित द्रोपत्ताकुमारी लोहनी लक्ष्मी नारायण वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ ।

रिपोर्टर्स क्लव दाङको आयोजना तथा तुलसीपुर सिटी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोग एवं श्री १९ नम्वर बाहिनी तुलसीपुरको विशेषज्ञ सहयोगमा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर वृद्धआश्रममा बस्दै आएका १७ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षणसँगै बिरामीलाई औषधी सहयोग गरिएको हो ।

ज्येष्ठ नागरिकहरुको तुलसीपुर सिटी हस्पिटल प्रा.लि र श्री १९ नम्वर बाहिनी तुलसीपुरका डाक्टर अशिम भण्डारि सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । निशुल्क स्वास्थ्य चेकजाँचसँगै औषधी पाउँदा वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिक खुसी भएका थिए ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष एवं तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, ज्येष्ठ नागरिक सरोवार केन्द्रका अध्यक्ष भुपाल गिरीलगायतले मन्तव्य व्यक्त गर्दै ज्येष्ठ नागरिकहरुलाई सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरुले पारिवारसँगै सामाजिक विकासमा योगदान पु¥याएका ज्येष्ठ नागरिकलाई वृद्धअवस्थामा हेरचाह गर्नुपर्ने दायित्व आफ्ना सन्तानहरुको भएपनि सन्तान वा परिवारले नहेर्दा वृद्धाआश्रम बस्दै आएका जेष्ठ नागरिकहरुलाई सवैको सहयोग आवश्यक रहेको बताएका थिए ।


त्यस अवसरमा रणसिह दल गण घोराहिका प्रमुख सेनानी नरेशभक्त अधिकारीले ज्येष्ठ नागरिकहरुका लागि आवश्यक खाद्यान्न सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *