२०८१ असोज २५ गते शुक्रवार

तुलसीपुर नगर जेसीजद्वारा इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना

तुलसीपुर,असोज २७ । तुलसीपुर नगर जेसीजले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको छ।

तुलसीपुर नगर जेसीजले शनिबार एक कार्यक्रमको आयोजना गरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको हो ।


तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिक राम वलीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

बिभिन्न किसिमका अपराधीक क्रियाकलाप गरी इलाका प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई लक्षित गरी बिभिन्न किसिमका पुस्तकहरु सहितको पुस्तकालय स्थापना गरिएको तुलसीपुर नगर जेसीजले जनाएको छ ।

बिभिन्न किसीमका जीवन उपयोगी पुस्तकहरु,चरित्र निर्माणका पुस्तकहरु,त्यसैगरी नेपालको संबिधान एबम् कानुन सम्बन्धी पुस्तकहरु,लागु औषध निवारण सम्बन्धी पुस्तकहरु,सफल ब्यक्तिहरुको जीवनी तथा प्रेरणादायी पुस्तकहरु लगाएत करिव १०० भन्दा बढी पुस्तकहरु सहितको र्याक उपलब्ध गराइएको छ।

त्यस कार्यक्रममा बोल्दै प्रमूख अतिथी इलाका प्रहरी कार्यालयका प्रमूख डिएसपी ठाकुर प्रसाद पोख्रेलले थुनुवा बन्धीहरुका लागि जेसीजले गरेको कार्यको प्रशंसा गरे ।

उनले बिभिन्न कारणले बन्धीको रुपमा रहेका ब्यक्तिहरुले ति जीवन उपयोगी तथा चरित्र निर्माणका पुस्तकहरु अध्ययन गरेमा उनीहरुको बाकी जीवनले सार्थकता पाउनमा सहयोग हुने बिस्वास ब्यक्त गरे ।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष मोहन सुनारले जेसीजले आफ्नो स्थापना कालदेखी नै बिभिन्न किसीमका समाज रुपान्तरण एबम् सामाजिक कार्य गरिरहेको बताएका थिए।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्षहरु बिमल पौडेल,मेघराज घिमिरे लगाएतले पछिल्लो समय मानिसहरुले पुस्तक अध्ययनमा रुची नदेखाउदा उनीहरुको मानसिक एबम् आध्यात्मिक चेतनामा कमी हुन जादा बिभिन्न किसीमका अपराधीक क्रियाकलापहरुमा सलग्न हुने बताए ।

उनीहरुले इलाका प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गर्दा त्यहाँ रहेका कैदीहरु र कार्यरत प्रहरी कर्मचारीहरुलाई समेत पुस्तक पढ्ने बानीको बिकास हुने अपेक्षा व्यक्त गरे।

तुलसीपुर नगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा त्यस पुस्तकालय निर्माण कार्यक्रमका संयोजक जेसी शैलेन्द्र कुमार वलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ बोर्ड सल्लाहकार जेसी छबि कुमार वलीले गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव जेसी सन्दिप भुसालले गरेका थिए।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *