२०८२ जेष्ठ ४ गते शुक्रवार

शैक्षिक विकासको लागि ब्रिटिस गोरखाका लाहुरेहरुको महत्वपूर्ण योगदान

शिवु खनाल,
देउखुरी,वैशाख २२ । पोखरा बिश्व बिद्यालयका पूर्व उपकुलपति डाक्टर केशरजंग बरालले नेपालमा शैक्षिक विकासको लागी ब्रिटिश गोरखाका लाहुरेहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन । विगतमा गोर्खापल्टनमा काम गर्ने नेपालीहरुले आफु निबृत्त भईसकेपछि आफु जन्मे र हुर्केको दुरदराजका बिद्यालयहरुलाई चन्दा दिएर शैक्षिक विकासको लागि सहयोग गर्दे आएकोमा पछिल्लो समय बिद्यालयमा लगानी गरेर दक्ष जनशक्ती उत्पादन संगै रोजगार सृजनामा समेत भुमिका खेलेको बरालले जानकारी दिए ।

शिक्षाको विकासको लागी लगानीले मात्र प्रयाप्त नुहुने भन्दै बरालले शिक्षक विद्यालय र अभिभाबक बिच त्रिकोणात्मक सम्बन्ध राम्रो भयो भने मात्र बालबालिकाको शिक्षाको गुणस्तर राम्रो हुने बरालले बताए । गोरखा ग्रुप प्रा.लिद्धारा लमहीमा संचालित प्रस्तावित गोरखा मोडेल सेकन्डरी स्कुलको आईतवार उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व उपकुलपती बरालले आफ्नो तर्क राखेका हुन् ।

कार्यक्रमका बिशिष्ट अतिथी लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले दक्ष जनशक्ती उत्पादन गर्न सक्ने हिसाबले लमहीमा बिदालय खोल्नु खुसिको कुरा भएको औल्याए । नगर प्रमुख केसीले पहिलो नम्बरको आधारमा भन्दा पनि जानकारीको आधारमा बिद्यार्थिहरुको पठन पाठन हुन आवश्यक रहेको बताए ।

गोरखा ग्रु्प प्राईबेट लिमिटेड सचालन समितिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा पोखरा बिश्व बिद्यालयका पूर्व उपकुलपति डाक्टर केशरजग बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बिद्यालय उख्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षाको गुणस्तर सुधारमा गोरखा ग्रुपले खेलेको भुमिकाको सराहना गरेका थिए । गोर्खा ग्रुपका सिईयो नवल सिह जिएमले बिधार्थिहरुका लागी राम्रो अक सगै राम्रो जानकारी हुन आबश्यक रहेकोले जानकारी मुलक शिक्षाको लागी गोरर्खा ग्रुपले विद्यार्थीको मनोभाबना अनुसारको शिक्षण पद्धति अपनाएर अगाडी बढ्ने बताए ।

गोरर्खा मोडेल सेकन्डरी स्कुल लमहीका सिईयो डाक्टर जिबराज आचार्यको स्वागत मन्तब्यबाट शुर भएको कार्यक्रममा बिधालयका प्रन्सिपल लोकमान रिजालले बिधालयको शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा लमही नगरपालिकालाई सम्मान गरिएको थियो भने बिद्यालयको बिभिन्न कक्षामा प्रथम, दितिय तृतिय तथा सान्त्वना हुनेलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *