२०८० मङ्सिर १७ गते आइतवार

नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञाको समय खुकुलो बनाइदैँ

नेपालगञ्ज,असोज २१ । नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञाको समय खुकुलो पार्दै लगिएको छ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आइतबार बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा लगाइएको छ। यो अवधिमा भेला, जुलुश, सभा गर्न रोक लगाइएको छ।

कर्फ्युको समय पनि घटाइएको छ। राति ८ बजेदेखि लाग्दै आएको कर्फ्यु राति १० बजेदेखि बिहान ४ बजेसम्म लगाइएको छ।

नेपालगञ्ज बिस्तारै लयमा फर्किँदै गएको छ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *