२०८१ असोज २४ गते बिहिवार

नेपालगञ्जमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु हटाइने, राती कायमै


दाङ,असोज १८ । नेपालगञ्जमा दिनभरका लागि कर्फ्यु हटाइने भएकाे छ।

आज बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु हटाइने भएकाे हाे। कर्फ्यु हटे पनि निषेधाज्ञा भने जारी नै रहनेछ।

आज बिहान बसेकाे सुरक्षा समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।

आज बेलुका ८ बजेपछि भाेलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी गरिने सहायक प्रमुख जिल्ला अधिकारी टाेपेन्द्रबहादुर केसीले जानकारी दिए।

निषेधाज्ञामा जुलुश, भेला, सभा, बैठक गर्न पाइने छैन।

नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हाे।

कर्फ्युलाई विस्तारै खुकुलो बनाउँदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरेपछि समितिले यस्ताे निर्णय गरेकाे हाे।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *