तुलसीपुर, असोज १५ । बबई गाउँपालिका वडा नं. ५ स्थित कालापानी सामुदायिक वन क्षेत्र स्थानीय केही ब्यक्तिहरु मिलेर अतिक्रमण गरेको भन्दै बिरोध भएको छ ।
स्थानीय देवबहादुर वली, सबिकुमारी खड्का र दुर्गाबहादुर भण्डारीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरेको केही उपभोक्ताले आरोप लगाएका छन् ।
यो भन्दा पहिले पनि वन अतिक्रमण गरेको पाइएपछि ३३ जना मध्य सबिकुमारी खड्का र तिलक भण्डारीलाई पक्राउ परेका थिए । उनीहरु फेरि अतिक्रमण नगर्ने सर्तमा धेरौटीमा रिहा भएका थिए ।
त्यसपछि स्थानीय उपभोक्ता र वन समितिका कर्मचारीले मिलेर वनको सीमा निर्धारण गरेका थिए । फेरि आएर स्थानीय देवबहादुर वली, सबिकुमारी खड्का र दुर्गाबहादुर भण्डारीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरेको केही उपभोक्ताले फरककोणलाई बताएका छन् ।
एक जना उपभोक्ता रेगबहादुर पुनले तीन जना मिलेर वनको झन्डै आठ देखि दश कठ्ठा जमिन अतिक्रमण गरेको आरोप लगाए । वन अतिक्रमण गरि तीन ब्यक्तिले ब्यक्तिगत रुपमा खेतीपाती लगाएको पनि उनले जानकारी दिए ।
उक्त सामुदायिव वनका अध्यक्ष लिलाधर खड्काले पछिल्लो समय वन अतिक्रमण गरेको भन्ने कुरा सही नभएको बताए । द्धन्द कालमा आगजनीका कारण वनको आधिकारीक नक्सा फेला पार्न नसकिएको हुँदा जिल्ला वनको प्राबिधिक सहयोगमा नयाँ नक्सा बनाइको र त्यसैका आधारमा वनको सीमाना निधारुण हुने बताए ।
‘अब बनेको नयाँ नक्साका आधारमा वनको सीमाना छुट्याउने काम हुनेछ ,’ अतिक्रमण आजको होइन त्यो पुरानो अतिक्रमण हो र अब नक्सा अनुसार अतिक्रमण भएको देखिए वनको जग्गा छुट्याइने छ ।’
कसैले पनि वनको जग्गा अतिक्रमण गर्न नपाउने उनले बताए । कतिपयले ब्यक्तिगत मन मुटाव र रिसिबीका कारण पनि वन अर्कोले अतिक्रमण गर्यो भनेर आरोप लगाउने गरेको उनले बताए ।