२०८० चैत्र १६ गते शुक्रवार

कपिलबस्तुमा कार दुर्घटना – घोराहीका आचार्यको मृत्यु, लमहीका चौधरी घाइते


दाङ,वैशाख २० । कपिलबस्तुमा भएको कार दुर्घटनामा दाङका एकजना व्यक्तिको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिवराज नगरपालिका–१ मा बा १४ च ८४४५ नम्बरको कार शुक्रवार विहान सवा ८ बजेतिर दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४० वर्षीय तिर्थ आचार्यको मृत्यु भएको इलका प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

आचार्यले आँफैले कार चलाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा परि लमही नगरपालिका वडा नं. ८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । चौधरीलाई उपचारको लागि बुटव तर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

तीव्र गतिको कार अनियन्त्रित भएर सडकबाट तीनसय मिटर तल मामा खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *