२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङ उद्योग वाणिज्य सघंको अध्यक्षमा बसन्त जोशी निर्वाचित

तुलसीपुर,असोज १४ । दाङ उद्योग वाणिज्य सघंको अध्यक्षमा संयुक्त व्यवसायीक प्यानलका बसन्त जोशी निर्वाचित भएका छन । उनी साझा समावेशी प्यानलका राम प्रसाद पोख्रेललाई ४ सय ३५ मत अन्तरले पराजित गरि संघको अध्यक्षमा निर्वाचित भएका हुन ।


जोशीले १ हजार ३ सय ४५ मत पाउँदा पोख्रेलले ९ सय १० मत मात्र प्राप्त गरे । शनिवार दाङको घोराहीमा सम्पन्न उद्योग वाणिज्य सघंको निर्वाचनमा संयुक्त व्यवसायीक प्यानल र साझा समावेशी प्यानल गरि दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । उक्त निर्वाचनमा १ उपाध्यक्ष बाहेक बसन्त जोशी नेतृत्वको प्यानलै निर्वाचित भएको छ ।


त्यस्तै वाणिज्य सघंको वरिष्ठ उपाध्यक्षमा संयुक्त व्यवसायीक प्यानलका नरेश कुमार श्रेष्ठ निर्वाचित भएका छन । उनले १ हजार ३ सय ६१ मत प्राप्त गरे भने निकट्तम प्रतिद्धण्द्धी साझा समावेशी प्यानलका ८ सय ४२ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका ध्रुव कुमार गहत्तराज १ हजार १ सय २६ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्धण्द्धी संयुक्त व्यवसायीक प्यानलका भरतप्रसाद रेग्मीले १ हजार ७० मत प्राप्त गरे ।

बाणिज्य उपाध्यक्ष संयुक्त व्यवसायीक प्यानलका मालिलाराम खड्काले १ हजार १ सय ५२ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्धण्द्धी राजभक्त रानाले १ हजार २० मत प्राप्त गरे ।

त्यस्तै वाणिज्य सघंको महासचिवमा महेन्द्र बुढाथोकीले १हजार २ सय ३६ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्धण्द्धी शालिक खनालले ९५४ मत प्राप्त गरे । सचिबमा विकास वलीले १हजार ८४ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिद्धण्द्धी भिमसेन डाँगीले १ हजार ८० मत प्राप्त गरे ।

त्यस्तै कोषाध्यक्षमा जगत आचार्य १ हजार २ सय ३ मत प्राप्त गरि निर्वाचित भए । उनका निकट्तम प्रतिद्धण्द्धी प्रेम बहादुर बुढाले ९ सय ६८ मत मात्र प्राप्त गरे । सह–कोषाध्यक्ष १ हजार ३सय २९ मत प्राप्त गरि माधब खनाल निर्वाचित भए । उनका निकट्तम प्रतिद्धण्द्धी यादव बहादुर श्रेष्ठले ७ सय ७८ मत प्राप्त गरे ।


त्यस्तै उधोग सदस्यमा बिक्रम राना १ हजार २ सय ७ मत लिई निर्वाचित भए भने उनका प्रतिस्पर्धी सन्तोष नेपालीले ७३४ मत प्राप्त गरे । महिला सदस्यमा लिला नेपाली १ हजार ११ मत लिई निर्वाचित भइन । उनका निकट्तम प्रतिद्धण्द्धी देबकला बस्नेतले ९५५ मत प्राप्त गरिन ।

बाणिज्य सदस्यहरुमा रुद्र बहादुर जैसीले १ हजार १ सय ४२,दिपक पण्डितले १ हजार २ सय २५,निम बहादुर बुढाथोकीले १ हजार १ सय २०, युवराज पन्तले १ हजार १ सय २०,राम प्रसाद पोख्रेलले १ हजार ३सय ४०, पुष्कर राज न्यौपानेले १हजार ६३, नोर्वु तामाङले १हजार ३ सय ६ र सुरज बुढाथोकीले १ हजार १ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन ।

दाङ जिल्ला उद्योग वाणिज्य सघंमा कुल ३ हजार ३ सय ५८ मतदाता संख्या रहेकोमा २ हजार ३ सय ५७ मत खसेको थियो ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *