२०८२ कार्तिक २२ गते शनिवार

उपचारका क्रममा एक महिलाको मृत्यु पछि तुलसीपुर दिनभर तनाब ग्रस्त

तुलसीपुर,असोज ६ । दाङ तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको बिषयलाई लिएर तुलसीपुरमा शनिबार दिनभर जसो तनाब भयो ।

उपमहानगरपालिका वडा नं. ५ बसपार्क मासु मार्केट बस्ने ४५ वर्षीया सीता जैसी ढाडको दुखाइ भएपछि शनिवार बिहान नौ बजेतिर आफन्त संगै उपचार गराउन गएकी थिइन ।

तुलसीपुर – ८ बेलुवामा रहेको योगेश मेडिकलमा छोरी र बुहारी संगै रिक्सा चढेर सीता साढे ९ बजेतिर पुगेकी थिइन ।

हेर्दा उनको अवस्था सामान्ने थियो ।

त्यहाँ पुगेपछि सीतालाई स्वास्थ्यकर्मीले चेकजाँच गरे ।

आफन्तका अनुसार नर्सले उनलाई सुई लगाइ दिए । सलाइनपनि चढाए । उपचार थालेको एक घन्टा पुग्दा नपुग्दै सीताको अवस्था झनै कमजोर बन्दै गयो । उनी अचेत भइन । बिरामीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि स्वास्थ्यकर्मी अत्तालिए ।
तत्काल उनीहरुले सीतालाई राप्ती प्रादेशिक अस्पतालमा लैजान भनेर काजग तयार पार्न लागे । सीताका ज्वाँइ उद्धव शाहका अनुसार राप्ती प्रादेशिक अस्पताल पु¥याउँदा मध्यान्ह १२ बजि सकेको थियो । अस्पतालले पनि सवा १२ बजे बिरामीका लागि टिकट काटिएको र १२ बजेर १९ मिनेटमा आपतकालिन कक्षमा ल्याइएको जानकारी दिएको छ ।
डिउटीमा रहेका अस्पतालका मेडिकल अधिकृत डा. जनक गुरुङले सीताको स्वास्थ्य चेकजाँच गरेका थिए । उनले तत्काल सीतालाई मृत घोषणा गरेका थिए ।

मृतका आफन्तले मेडिकल सञ्चालकले उपचारमा लापरबाही गरेका कारण बिरामीको मृत्यु दाबी गर्दै शब बुझ्न मानेका छैनन् । सोही कारण देखाउँदै दिउँसो मृतकका आफन्त मेडिकल घेरा गर्न गएका थिए । त्यसबारे पीडित पक्ष र प्रहरी प्रशासनका बीचमा यो खबर तयार पार्दासम्म छलफल जारी छ ।

लापरबाही गर्ने मेडिकल संचालकलाई कारबाही हुनुपर्ने माग गर्दैै आफन्तले शब बुझ्न नमानिरहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रशाद पोखरेलले घटनाबारे अनुसन्धान जारी रहेको र सोधपुछका लागि मेडिकल सञ्चालकलाई निगरानीमा राखिएको जानकारी दिए ।
सीताको शब राप्ती प्रोदशिक अस्पतालको शब राख्ने घरमा राखिएको छ ।

तर, राप्ती प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा. जनक गुरुङले भने मेडिकल संचालकले सीताको उपचारका क्रममा गलत औषधी चलाइएको नपाइएको जानकारी दिएका छन् । बिरामीको साथमा प्राप्त कागज अनुसार मेडिकलमा सीताको उपचारको लागि सामान्ने औषधी चलाइएको हुँदा त्यसबाट बिरामीको मृत्यु हुने कुनै आधार नदेखिएको स्पष्ट पारे ।

डा. गुरुङका अनुसार सीताको मृत्यु हृदय घातका कारण भएको हुन सक्ने जानकारी दिए ।

यो घटना बारे थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *