२०७७ कार्तिक १४ गते शुक्रवार

नेकपाका नेताहरु सवार कारलाई ट्रकले ठक्कर दियो


दाङ, बैशाख १८ ।
नेपाल कम्युनिष्ट पार्टी दाङका नेताहरु सवार कारलाई टक्कर दिदा चारजना नेता घाइते भएका छन् । घाइते हुनेहरुमा नेताहरु शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन् । तर जिल्ला प्रहरी कार्यायका अनुसार बुढाथोकी र शर्मा मात्रै घाइते भएको जानकारी दिएको छ ।

प्रहरीले बुढाथोकी र शर्मालाई मात्रै थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको जानकारी दिएको छ । शर्माको करङमा चोट रहेको छ भने बुढाथोकीको अनुहारमा चोट रहेपनि दुबै खतरामुक्त रहेको प्रहरीले बताएको छ । नेताहरु सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

नेताहरु सवार कार पश्चिमबाट पूर्वतर्फ जाँदै थियो भने ट्रक पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ देउराली भन्ने स्थानमा उक्त दुर्घटना भएको थियो । मुख्य मन्त्रीको गाडी अगाडि थियो भने दुर्घटनामा परेका नेताहरु त्यसको केही पछाडि थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *