२०८३ भाद्र १२ गते शुक्रवार

थुनुवाबिच आपसी झगडा हुदाँ बाँकेको बाल सुधारगृहमा तोडफोड र आगजनी, ११ जना घाइते

बाँके,असोज ५ । बाँकेको बाल सुधारगृहमा थुनुवाका बीचमा आपसी झगडा हुँदा आगलागी र तोडफोड गरिएका छ।

हानाहानमा एक दर्जन घाइते भएका छन् भने थुनुवा फरार भएका छन्।

गएराती १० बजेतिर थुनुवाका बीचमा झगडा हुँदा बाल सुधारगृहमा तोडफोड र आगजनी गर्नुका साथै हानाहान भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए। बाल सुधारगृहबाट घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्जस्थित मेडिकल कलेजमा ल्याइएको छ। बाल सुधारगृहबाट कति थुनुवा भागे भन्ने यकिन हुन सकेको छैन।

बाँके प्रहरी प्रवक्ता डीएसपी डाँगीका अनुसार, बाल सुधार गृहमा २ सय ५४ जना थुुनुवा छन्। त्यसमध्येमा कति फरार भए यकिन हुन सकेको छैन। बिहानसम्म प्रहरी बाल सुधारगृहभित्र जान सकेको छैन। थुनुवाहरु हातमा शिशा समातेर बसेका छन्।

डुडुवा गाउँपालिकाको वडा नं.६, आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा यसअघि पनि थुनुवाका बीचमा हानाहान हुँदै आएको थियो। धेरै पटक थुनुवा फरार भएका थिए। बाँके प्रहरी बाल सुधार गृहभित्र जाने र थुनुवाको अवस्था बुझ्ने प्रयासमै रहेको छ।

भित्र रहेका थुनुवालाई गन्न नसकिदा कति भागे भन्ने यकिन हुन सकेको छैन।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *