तुलसीपुर,असोज ४ । नेपाली कांग्रेस तुलसीपुर नगर सभापति तथा युवा व्यवसायी सुरेश हमाल र रेखा हमालले तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा रगत जाँच गर्ने सीबीसी मेसिन हस्तान्तरण गरेका छन् ।
आफ्नो २६ औं वैवाहिक वर्षगाठको अवसरमा हमाल दम्पतीले बिहीबार अस्पताललाई रगत जाँच गर्ने सीबीसी मेशिन हस्तान्तरण गरेका हुन् ।
बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्यले सिविसी मेशिन सहयोग गरेको सुरेश हमालले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले अस्पतालमा हमाल दम्पतीले सीबीसी सिन सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
अन्य मेसिनहरु बिग्रेको खण्डमा पनि अब अस्पताल रगत जाँच हुने सेवा नरोकिने र बिरामीहरुले पनि छिटो छरितो सेवा पाउँने न्यौपानेले बताए ।
प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार