२०८० असोज १५ गते सोमवार

मलैमा मकैका नल जलाउन बालेको आगोमा परि महिला गम्भीर

तुलसीपुर , असोज १ । पश्चिम दाङको मलैमा मकैका नल जलाउन बारीमा लगाएको आगोमा परि एक महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाको बबई गाउँपालिका – ७ मलै गाउँकी ४५ बर्षीया लिला गिरी आफ्नै बारीमा मकैको नल जलाउन बालेको आगोमा परि गम्भीर घाइते भएकी हुन ।


आइतबार दिउँसो ३ बजेतिर मकै भाँचेपछि नल जलाउन गिरी परिवारले मकै बारीमा आगो लगाएको थियो । छारे रोगीसमेत रहेकी गिरी नल जलाउन बालेको आगोमा एक्कासी परेको र उनको अनुहार तथा खुट्टामा जलेर ठूलो घाउ खत बनेको प्रहरीले बताएको छ ।

घाइते गिरीलाई बेलुका पौने ८ बजे मात्रै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो । प्रारम्भीक उपचार पछि गिरीलाई बाँकेको भेरी अस्पतालमा रिफर गरि उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *