दाङ, भदौ ३० । सल्यानमा घरमा भएको आगलागीबाट आमा छोरीको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका – २ मा अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घरमा आमा छोरी मात्रै घरमा बस्दै आएका थिए ।
रेबतीका श्रीमान रोजगारीको सिलसिलामा बिदेशमा रहेको प्रहरीले जानकारी दिएको छ ।
घटना शुक्रबार रातिको हुन सक्ने प्रहरीको अनुमान छ ।
आगलागीको कारण थाहाँ भइ नसकेको भएपनि खाना पकाउने ग्याँस सिलिण्डर लिक भइ आगो लागेको आशंका गरिएको छ । आगलागी बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
घटना स्थलमा जिल्लाका प्रहरी अधिकारी पुगेका छन् ।
प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार