तुलसीपुर,भदौ २९ । “हाम्रो बिजौरी,राम्रो बिजौरी”भन्ने मुल नाराका साथ आउँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै बिजौरीमा बजार सरसफाई गरिएको छ ।
शुक्रवार बिजौरी उद्योग वाणिज्य सघंको आयोजनामा बिजौरी बजार वरिपरि सरसफाई गरिएको हो । त्यस अवसरमा सम्पुर्ण ब्यवसायीहरुलाई आफ्नो घर, पसल अगाडी सधैँ सरसफाइ गरि “हाम्रो बिजौरी राम्रो बिजौरी” बनाउन सहयोग गर्न अपिल गरिएको छ । सरसफाई कार्यक्रम पश्चात त्यहाँका उद्योगी व्यवसायीहरुलाई डस्टविन वितरण समेत गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको ७५ प्रतिशत र उद्योग वाणिज्य सघंको २५ प्रतिशत लगानीमा व्यवसायीहरुलाई १ सय ५० थान डस्टविन वितरण गरिएको हो ।
बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले आफ्नो घर–आगँनमा हुने गल्ने र नगल्ने दुवै प्रकारको फोहोरलाई छुट्याएर व्यवस्थापन गर्न सकेमा बजार देखि गाउँसम्मको प्रदुषणबाट बाच्न सक्ने बताए । ‘हामीले गल्ने फोहोरबाट कम्पोष्ट मल बनाउन सक्छौ तर नगल्ने फोहोर जथाभावी यत्रतत्र फालेर समाजलाई प्रदुषण गर्ने काम हामी आफैले गरिराखेका छौँ,‘नगरप्रमुख खड्काले भने । ’
उनले बजार सफा राख्नका लागि उद्योगी,व्यवसायीहरुलाई विगत देखि नै डस्टविन हस्तान्तरण गर्दै आएको बताए ।
कार्यक्रममा प्रादेशिक आयुवेद चिकित्सालय बिजौरीका अध्यक्ष कृष्ण बहादुर बस्नेत,तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव वलि, अनेरास्ववियुको केन्द्रिय सदस्य सर्जन परियार,बिजौरी उद्योग वाणिज्य सघंका निवर्तमान वाणिज्य उपाध्यक्ष दुर्गा बस्नेत,निबर्तमान महासचिव बिदुर गौतम,उवासघंका कानुनी सल्लाहकार विष्णुमणी धिताल,सघंका संस्थापक प्रेस सल्लाहकार गोकर्ण पौडेल,नेपाल रेडक्रस बिजौरी उपशाखाका कोषाध्यक्ष सागर रेग्मी,प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज हरि देवकोटा,मिलिजुली सरसफाई अभियानका अध्यक्ष नविना केसी वलि,माल बिजौरी टोल विकास संस्था सचिव माधव बस्नेत लगाएत स्थानीय व्यापारीहरुको उल्लेखीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण बिजौरी उवासघंका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।
बिजौरी उद्योग वाणिज्य सघंले प्रत्येक महिनाको अन्तिम शुक्रवार बजार क्षेत्र सरसफाई गर्दै आएको छ ।