२०८० मङ्सिर २२ गते शुक्रवार

तेल मिलमा आगलागी हुँदा करोडौंको क्षती

तुलसीपुर,भदौ १६ । गणपति तेल मिल तुलसीपुरमा आगलागी हुँदा करोडौंको क्षती भएको छ ।

शनिबार बिहान करिब साढे १ बजेको समयमा तेल मिलमा आगो लागेको अनुमान गरिएको छ ।

आगलागीबाट २ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको भएपनी यकिन अझै हुन सकेको छैन ।

आगलागीको कारण अझै नखुलेको भएपनी बिधुत सटकै कारण हुन सक्ने प्रोपाईटर डिल्लीबहादुर बस्नेतले जानकारी दिए ।

आगलागी भएको जानकारी पाए लगतै स्थानीय र आसपासका पानी टंयाकरहरुले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

झन्डै १ किलोमीटर नजिक रहेको तुलसीपुर उपमहानगरपालिका र त्यहाँबाट द्रुत गतिमा पानी सहित आउनु पर्ने दमकल ढिला पुगेको थियो । जसका कारण आगो नियन्त्रण गर्न निकै सकस भएको थियो ।

पानी बिनाको दमकलमा टंयाकरबाट पानी भरी आगो नियन्त्रण गर्दा केहि समय बढी लागेको बस्नेतले बताए ।

आगो पुर्णरुपमा नियन्त्रणमा लिन झन्डै साढे ४ घण्टा लागेको बताएको छ । तेल मिलको रुपमा यश क्षेत्रमा सबैभन्दा पहिला स्थापना भएको मिल गणपति मिल नै हो ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *