तुलसीपुर,भदौ १५ । नजिकिदै गरेका चाडपर्वहरुलाई मध्य नजर गर्दै दाङको बिजौरी बजार शनिबार पनि खोलिने भएको छ ।
बिजौरी उद्योग वाणिज्य संघको नियमित बैठकले भदौ १६ गते शनिबारदेखि बजार खोल्ने निर्णय गरेको हो । यस अघि शनिबार बिजौरी बजार बन्द हुँदै आएको थियो ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा सम्पन्न बैठकले सम्पूर्ण उद्योगी व्यापारीहरुलाई सुरक्षा अपनाएर व्यापार-व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरिएको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार