२०७७ कार्तिक १५ गते शनिवार

टिप्परको ठक्कर बाट पैदल यात्रुको मृत्यु


दाङ, वैशाख १३ । प्युठानमा टिप्परले ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ । विहीवार राति १२ बजेतिर प्युठान नगरपालिका वडा नं. ४ विजुुवार निवासी ४७ बर्षीय कृष्णनाथ योगीको टिप्परको ठक्कर वाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार पैदल हिडिरहेका योगीलाई रा १ ख १९७१ नम्वरको टिप्परले रातको १२ बजेतिर प्युठान नगरपालिका ७ बाग्दुला भन्ने स्थानमा ठक्कर दिएको थियो । योगीको अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख एवं प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार योगी सुस्तमनस्थिति तथा शारिरिक रुपमा समेत अंपागता भएका व्यक्ति थिए । चालक र टिप्पर प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *