यमकला भुसाल
तुलसीपुर (दाङ) १२ बैशाख ।
तुलसीपुर नगर जेसिजले नयाँ वर्ष २०७६ सालको भित्तेपात्रो विमोचन गरेको छ । बिहीबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी जेसिजले भित्तेपात्रो विमोचन गरेको हो । तुलसीपुर नगर जेसिज वर्ष २०१९ का अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष वीरबहादुर रावतले तुलसीपुर नगर जेसिजले गरेको सामाजिक कार्यको प्रशंसा गरे ।
लामो समयदेखि तुलसीपुर नगर जेसिजले विभिन्न खालका सामाजिक कामहरु गर्दै आएको छ, रावतले भने ‘यसलाई एउटा सूचकका रुपमा स्थापित गर्नुपर्छ ।’ साथै उनले जेसिज एक युवा लक्षित संस्था भएकाले युवाहरुले नै देश विकासमा टेवा पु¥याउन सक्नेसमेत बताए ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, ग्रिन तुलसीपुर क्लिन तुलसीपुर सरसफाई अभियानका संयोजक बिमल रिजाल, गोर्खा माविका प्रध्यानाध्यापक विजय जिएम, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमाकान्त कँडेललगायतले युवाहरुको नेतृत्व विकासका लागि जेसीसले महङ्खवपूर्ण भूमिका खेल्ने बताए ।
तुलसीपुर नगर जेसिजका शाखा सम्पादक तथा भित्तेपात्रो विमोचन कार्यक्रमका संयोजक कमल प्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०१९का महासचिव मोहन सुनारले गरेका थिए । साथै उक्त अवसरमा तुलसीपुर नगर जेसिजले अपाङ्गता भएका ब्यक्तिहरुको लागि आर्थिक सहयोग गरेको छ ।
अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरको भवन निर्माणका लागि २२ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेको हो । तुलसीपुर नगर जेसिजले नयाँ वर्षको अवसरमा बैशाख १ गते आयोजना गरेको साँगीतिक कार्यक्रमबाट केही प्रतिशत रकम अपाङ्गता भएका ब्यक्तिहरुको भवन निर्माणका लागि सहयोग गर्ने उद्देश्य अनुसार बिहीबार तुलसीपुरमा कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।