२०८२ असार २४ गते बुधवार

सडक बिस्तार र मर्मतको माग गर्दै बिजौरी उवासघंद्वारा मुख्यमन्त्री चौधरीलाई ७ बुदेँ ज्ञापन पत्र

तुलसीपुर,साउन ३२ । बिजौरी उद्योग बाणिज्य सघंले सडक बिस्तार र मर्मतको माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ७ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।


बिहिवार बिजौरी उद्योग बाणिज्य सघंका अध्यक्ष रेश्मीराज खडकाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाइ कार्यकक्षमै पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो ।

बिजौरी उद्योग बाणिज्य सघंको मातहतमा रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १४,१५,१६,१७,१८ र १९ का उद्योगी,व्यवसायी र जनताहरुबाट व्यापार,व्यवसायमा अत्यन्तै दखल भएको जनगुनासो आएकोले यस क्षेत्र भित्र पर्ने सडक विस्तार र मर्मत सम्भारका लागि आवश्यक बजेट माग गरिएको सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।


उनका अनुसार बिजौरी उद्योग वाणिज्य सघंको क्षेत्र भित्र पर्ने रोल्पा दहबन,रानीवास,कुर्जा,कुटेचौर,बिजौरी हुदैँ डुरुवा जलकुण्डी सडक बिस्तार तथा मर्मत गर्ने,गुहारखोला रानीवास पक्की पुल निमार्ण गर्ने,बिजौरी स्यालापानी,छिल्लीकोट सडक बिस्तार गर्ने,बिजौरी शिवालय,बकुलाही,साइपुरसम्म सडक मर्मत गर्ने,बिजौरी भट्ेकुला,साइपुर सडक मर्मत तथा बिस्तार गर्ने,हेमन्तपुर,निमुवा,जमेरा हुदैँ बनकट्टासम्म सडक मर्मत गर्ने र जुरपनीया मैनातारा खानेपानी कार्यालय देखि हंसपुरा,अक्कासी,गैरा जोड्ने सडक मर्मत तथा पक्की गर्नका लागि मुख्यमन्त्री चौधरीलाई आवश्यक बजेटको माग गरिएको छ ।


ज्ञापन पत्र बुझदै मुख्यमन्त्री चौधरीले बिजौरी क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामेरा र सडक बत्तीको लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

उनले आगामी वर्षसम्म अन्य मागहरुको पनि सम्बोधन गर्ने बताएका छन ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *