२०८१ बैशाख २३ गते आइतवार

घर–घरमा पुगेर निशुल्क स्वास्थ्य सेवा

तुलसीपुर,साउन ३२ । शान्तिनगर गाउँपालिका वडा नं. २ ले जनताका घर–घरमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा सुरु गरेको छ ।

वडा नं. २ अन्र्तगतका सवै गाउँ टोलमा जेष्ठ नागरिक, असहाय, अपांगहरूका लागि घर–घरमा पुगेर निशुल्क स्वास्थ्य सेवा अभियान सञ्चालन गरिएको वडाध्यक्ष सुनिल वलिले जानकारी दिए ।


वडा कार्यालयले बैशाख ४ गते देखि वडा भित्र रहेका जेष्ठ नागरिक, असहाय,अपांगहरूको स्वास्थ्य चेक जाँच र उपचारका लागि स्वास्थ्यकर्मी खटाएर यो अभियान सञ्चालन गरिरहेको छ ।

त्यस्तै वडाले अन्य सरोकारवालाहरुको लागि आपतकालिन घुम्ती सेवा उपलब्ध गराउदैँ आएको उनको भनाई छ । वडा भित्र रहेका ४ सय ४४ जना जेष्ठ नागरिक मध्ये ९७ जना दिर्घरोगी रहेका छन ।

उनीहरु मध्ये ४० जनाले स्वास्थ्य संस्थाबाट औषधी खाने गरेका छन भने ५७ जना दिर्घरोगीहरुलाई वडा कार्यालयले निशुल्क रुपमा प्रेसर,सुगर,दम,थाइराइट,मुटु सम्बन्धी औषधीहरु साउन महिना देखि घरमै पुगेर उपलब्ध गराइएको वडाध्यक्ष वलिले जानकारी दिए ।

साथै नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराएका औषधीहरु बाघमारे स्वास्थ्य चौकीबाट वितरण गरिने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *