२०८२ माघ १० गते शनिवार

पत्रे खोलामा बगेर बेपत्ता भएका वृद्ध मृत फेला

दाङ,साउन २८ । दाङमा खोलाले बगाएर बेपत्ता भएका ६४ वर्षीय वृद्धको शव फेला परेको छ ।

पत्रे खोलाले बगाउँदा बेपत्ता हुनुभएका घोराही उपमहानगरपालिका–११ भmमरे निवासी ६४ बर्षीय तिलकराम विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार आइतवार विहान करिव साढे ८ बजेतिर घर नजिकै रहेको पत्रे खोलाले बगाउँदा बेपत्ता भएका थिए ।

प्रहरी नायव उपरिक्षक गौतमले भने,‘घरमा सौचालय नभएका कारण दिशा गर्न खोला गएको समयमा विक बग्नुभएका विक दिउँसो मृत अवस्थामा भेटिनुभएको छ ।’

उनका अनुसार शव घोराही उपमहानगरपालिका–९ तेघरास्थीत हापुर खोलामा जंगलमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *